ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

मङ्सिरभित्रै पार्टीको १५ औँ महाधिवेशन गर्न कांग्रेस नेताहरूको माग

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेताहरूले आगामी मङ्सिर मसान्तभित्र पार्टीको १५ औँ महाधिवेशन गर्नेगरी स्पष्ट कार्ययोजना ल्याउन पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।

नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)का पूर्वअध्यक्ष इञ्जिनियर रञ्जित कर्ण नेतृत्वको टोलीले आज कांग्रेसको मङ्सिरभित्रै महाधिवेशन गर्न स्पष्ट कार्ययोजना ल्याउन माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत केन्द्रीय समितिलाई आग्रह गरेका हुन् ।

देशको वर्तमान अवस्था, हालैको ‘जेनजी’ प्रदर्शन र त्यसपछि उत्पन्न हिंसात्मक घटनाक्रमबारे पार्टीले खेल्नुपर्ने भूमिकाबारे समेत पार्टी नेतृत्वको ध्यानाकर्षण गराइएको छ । विधिवत् र नियमित महाधिवेशन मात्र पार्टीमा युवा पुस्ताको सम्मानजनक सहभागिता, पुस्तान्तरण र रूपान्तरणको एक मात्र वैधानिक विकल्प भएको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

नेताहरूले हालैको ‘जेनजी’ प्रदर्शन देखाएर जननिर्वाचित सरकारलाई विस्थापित गर्ने र प्रतिनिधिसभा विघटन गर्ने कदमले राजनीतिक अस्थिरता निम्त्याएको समेत बताएका छन् । विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको हैसियतले काँग्रेसले अन्य संसदवादी दल, नागरिक समाजसँग संवाद गरी राजनीतिक पहलकदमी लिनुपर्ने पनि उहाँहरूको जोड छ ।

यस्तै, प्रदर्शनका क्रममा  भएका हिंसा, आगजनी र तोडफोडका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरिएको छ । युवाहरूले सुशासन र भ्रष्टाचारविरुद्ध उठाएका मुद्दालाई पार्टीले गम्भीरतापूर्वक लिनुपर्ने पनि उल्लेख छ ।

ज्ञापनपत्र बुझाउन कर्णसहित नेविसङ्घका पूर्वउपाध्यक्ष  भूपेन्द्रजङ्ग शाही, सरोज थापा, दीपक भट्टराई, मनहरी श्रेष्ठ, युपी लामिछाने, पुष्पकुमार शाही, शिव रिमाललगायत नेताहरू पार्टी कार्यालय पुग्नुभएको थियो । रासस

  himalayanvoice.com | २७ आश्विन २०८२, सोमबार १०:२६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online