ट्रेण्डिङ्ग:
|रसुवा, नुवाकोट र धादिङमा जुधाइयो एक सय हल गोरु|मिनियापोलिसमा भइरहेको विरोध प्रदर्शन अन्त्य गर्न विद्रोह ऐन प्रयोग गर्ने ट्रम्पको धम्की|अदालतको फैसलाले प्यालेस्टिनी समर्थक कार्यकर्ता महमूद खलीलको स्वतन्त्रतामा खतरा|विशेष महाधिवेशन पक्षधर निर्वाचन आयोगमा|टुँडिखेलमा थारू समुदायको माघी|मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने

सामाजिक सञ्जालले भन्दैमा नेतृत्व छाडिन्न : ओली

ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले आदेश दिए नेतृत्व छाड्न तयार रहेको बताउनुभएको छ । ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा बुधबारबाट सुरु भएको एमालेको दसौँ केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले सामाजिक सञ्जालले भन्दैमा भने नेतृत्व नछाड्ने बताउनुभयो ।

“पार्टीको केन्द्रीय कमिटीले भन्छ र आदेश दिन्छ भने म खुसीसाथ नेतृत्व छाड्न तयार छु । तर अप्ठ्यारो स्थितिमा देशलाई अलपत्र पार्दिनँ, सामाजिक सञ्जालमा कसैले भन्दैमा नेतृत्व छाड्ने होइन ।” अध्यक्ष ओलीले थप्नुभयो, “मैले पार्टीको अध्यक्ष छोड्नुपर्ने विषय फेसबुकले भन्ने होइन, यो कमिटीले भन्ने हो । कमिटीले भनेका बेला एकदम खुसीसाथ नेतृत्व छोड्न तयार छु । यो कमिटीमा बसेर कोही सदस्यले बाहिर गएर लोकप्रियवादका पछि कुद्न हुँदैन ।”

उहाँले जेनजी आन्दोलनबारे टिप्पणी गर्दै राष्ट्रिय झन्डा बोक्नेले सिंहदरबारमा आगो लगाउन नसक्ने उल्लेख गर्नुभयो । उहाँले नेपालको सफलता, संस्कार, संस्कृति र गौरव मन नपराउने तत्वले देश र देशको सम्पत्ति, सम्पदा मन नपराएको उहाँले बताउनुभयो । सार्वजनिक धरोहर, सार्वजनिक सम्पत्ति, व्यक्तिका घर र औद्योगिक प्रतिष्ठान जलाउने, प्रहरीका बर्दी र हतियार खोस्ने काम राष्ट्रिय झन्डा बोक्नेले नगर्ने उहाँले उल्लेख गर्नुभयो ।

भदौ २३ र २४ को घटना अनपेक्षित भएको उहाँको धारणा थियो । उहाँले लोकतन्त्र राज्यले ल्याइदिएको नभई जनताले ल्याएको बताउँदै जनताले नै लोकतन्त्र रक्षा गर्ने उल्लेख गर्नुभयो । उहाँले आफूहरू सिमलको भुवाजस्तो जता हावा लाग्यो उतै बग्नेखालको पार्टी नभएको स्पष्ट पार्नुभयो । एमाले देशभक्ति, राष्ट्रियता, विकास र सामाजिक न्यायका लागि निरन्तर लाग्ने पार्टी भएको अध्यक्ष ओलीले बताउनुभयो ।

उहाँले अहिलेको अवस्थामा राष्ट्रिय हितमा एकजुट हुन सबै दललाई आग्रह पनि गर्नुभयो । जेनजी आन्दोलनपछि राष्ट्रिय महाधिवेशन गर्ने दबाबमा रहेको नेकपा (एमाले) को ११ औँ महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने प्रस्ताव गरिएको छ । तीन दिनसम्म चल्ने केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति अन्तिम टुङ्गो लगाउने छ ।

  himalayanvoice.com | २९ आश्विन २०८२, बुधबार २३:४४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online