ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

सामाजिक सञ्जालले भन्दैमा नेतृत्व छाडिन्न : ओली

ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले आदेश दिए नेतृत्व छाड्न तयार रहेको बताउनुभएको छ । ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा बुधबारबाट सुरु भएको एमालेको दसौँ केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले सामाजिक सञ्जालले भन्दैमा भने नेतृत्व नछाड्ने बताउनुभयो ।

“पार्टीको केन्द्रीय कमिटीले भन्छ र आदेश दिन्छ भने म खुसीसाथ नेतृत्व छाड्न तयार छु । तर अप्ठ्यारो स्थितिमा देशलाई अलपत्र पार्दिनँ, सामाजिक सञ्जालमा कसैले भन्दैमा नेतृत्व छाड्ने होइन ।” अध्यक्ष ओलीले थप्नुभयो, “मैले पार्टीको अध्यक्ष छोड्नुपर्ने विषय फेसबुकले भन्ने होइन, यो कमिटीले भन्ने हो । कमिटीले भनेका बेला एकदम खुसीसाथ नेतृत्व छोड्न तयार छु । यो कमिटीमा बसेर कोही सदस्यले बाहिर गएर लोकप्रियवादका पछि कुद्न हुँदैन ।”

उहाँले जेनजी आन्दोलनबारे टिप्पणी गर्दै राष्ट्रिय झन्डा बोक्नेले सिंहदरबारमा आगो लगाउन नसक्ने उल्लेख गर्नुभयो । उहाँले नेपालको सफलता, संस्कार, संस्कृति र गौरव मन नपराउने तत्वले देश र देशको सम्पत्ति, सम्पदा मन नपराएको उहाँले बताउनुभयो । सार्वजनिक धरोहर, सार्वजनिक सम्पत्ति, व्यक्तिका घर र औद्योगिक प्रतिष्ठान जलाउने, प्रहरीका बर्दी र हतियार खोस्ने काम राष्ट्रिय झन्डा बोक्नेले नगर्ने उहाँले उल्लेख गर्नुभयो ।

भदौ २३ र २४ को घटना अनपेक्षित भएको उहाँको धारणा थियो । उहाँले लोकतन्त्र राज्यले ल्याइदिएको नभई जनताले ल्याएको बताउँदै जनताले नै लोकतन्त्र रक्षा गर्ने उल्लेख गर्नुभयो । उहाँले आफूहरू सिमलको भुवाजस्तो जता हावा लाग्यो उतै बग्नेखालको पार्टी नभएको स्पष्ट पार्नुभयो । एमाले देशभक्ति, राष्ट्रियता, विकास र सामाजिक न्यायका लागि निरन्तर लाग्ने पार्टी भएको अध्यक्ष ओलीले बताउनुभयो ।

उहाँले अहिलेको अवस्थामा राष्ट्रिय हितमा एकजुट हुन सबै दललाई आग्रह पनि गर्नुभयो । जेनजी आन्दोलनपछि राष्ट्रिय महाधिवेशन गर्ने दबाबमा रहेको नेकपा (एमाले) को ११ औँ महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने प्रस्ताव गरिएको छ । तीन दिनसम्म चल्ने केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति अन्तिम टुङ्गो लगाउने छ ।

  himalayanvoice.com | २९ आश्विन २०८२, बुधबार २३:४४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online