ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

चलचित्र ‘वरिष्ठ बलराम’लाई दर्शकको साथ

काठमाडौँ । तिहारलाई लक्षित गर्दै भाइटीका अर्थात् यही कात्तिक ६ गतेदेखि नेपालभर प्रदर्शित चलचित्र ‘वरिष्ठ बलराम’ लाई दर्शकले रुचाएका छन् । प्रदर्शनको पहिलो दिन सबैजसो हल भरिएको र दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको अभिनेता विजय बरालले जानकारी दिनुभयो । 

अभिनेता बराल र दयाहाङ राई, अभिनेत्री सम्वृद्धि बरालसहितका कलाकार टोलीले चलचित्र हेर्न आएका दर्शक माझ साक्षात्कार गर्दै चलचित्रको सवल र दुर्वल पक्षका बारेमा जानकारी लिइरहेको देखिन्थ्यो । अभिनेता बरालले भन्नुभयो,“टीकाको दिन भए पनि केही चलचित्र हल पुगेर दर्शकको प्रतिक्रिया लिएका छौँ । हामीले एउटा सामाजिक विषयलाई समेटेर मनोरञ्जनात्मक चलचित्र तयार गरेका हौँ । दर्शकले पनि सोही किसिमको प्रतिक्रिया दिनुभयो, दशर्कबाट प्राप्त सुझावले हाम्रो टोलीलाई ऊर्जासहित हौसला मिलेको छ, चलचित्रको सुरुआति दिन राम्रो छ ।”

प्राकृतिक स्रोतको दोहन र समाजमा स्थापित एवम् उदाउँदो व्यक्तिबीचको सङ्घर्षको कथालाई ‘माटो सुहाउँदो’ भन्दै दर्शक दीर्घाबाट मनोरञ्जनसँगै सामाजिक सन्देश पनि समेटिएको प्रतिक्रिया प्राप्त भएको अभिनेता बरालले बताउनुभयो । रङ्गमञ्चमा गुरूचेलाका रुपमा परिचित अभिनेता बराल र राईले उक्त चलचित्रमा समान्तर भूमिका निर्वाह गर्नुभएको छ । यसअघिका चलचित्रमा भने अभिनेता राई मुख्य र बराल सहायक भूमिकामा देखिनुहुन्थ्यो ।

चलचित्र ‘वरिष्ठ बलराम’मा अभिनेताद्वय राई र बरालसँगै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी र प्रदीपकुमार चौधरी (पिके) लगायत कलाकारले अभिनय गर्नुभएको छ । यस चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्नु भएको छ । निर्देशक पौडेलकै कथा र सम्पादन रहेको उक्त चलचित्रको पटकथा महेश दवाडीले तयार गर्नु भएको हो । रासस

  himalayanvoice.com | ८ कार्तिक २०८२, शुक्रबार १०:४२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online