वीरगञ्ज । तराई-मधेशमा हर्षोल्लासका साथ मनाइने छठ पर्वको मुख्य दिन सोमबार साँझ व्रतालुले घर नजिकको पोखरी, नदी, सरोवर, जलाशयमा पुगेर अर्घ्य दिएका छन्।

आइतबार साँझ रसियाव रोटी खाएपछि व्रतालुले सोमबार दिनभर निर्जल निराहार व्रत बसेर साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्र्घ दिएका हुन्।

वीरगञ्जका घडिअर्वा, रानीघाट, नगवा, मूर्लीलगायतका सिँगारिएका घाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×