ट्रेण्डिङ्ग:
|केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना|ठूला अध्यागमन प्रवर्तन कारबाहीहरू पछि ट्रम्प प्रशासन आफ्नो आप्रवासन क्र्याकडाउनलाई पुनर्मूल्यांकन गर्दै|टेकु क्षेत्रमा चल्यो डोजर|बल्खुस्थित सुकुम्बासी बस्ती भत्काइयो |मस्कोको एक्लो नेपाली रेस्टुरेन्ट ‘करी हाउस’ नेपाली स्वाद पस्किरहेको छ|सकियो ग्रामीण चलचित्र महोत्सव, ‘मोहर’ उत्कृष्ट चलचित्र|इलाम साहित्य महोत्सवको पाँचौँ संस्करण सुरु|नेपाल मेडिकल काउन्सिलद्वारा थप १९ चिकित्सकको लाइसेन्स खारेज|जनादेश अनुसार अघि बढ्न कांग्रेस प्रतिबद्ध छ : सभापति थापा|अर्थमन्त्री वाग्ले र अमेरिकी दूत सर्जियोको शिष्टाचार भेट

दोलखामा हिमपहिरो : तीन जनाको मृत्यु आठ जना बेपत्ता घाइते भएका पर्यटकमा क्यानेडियन नागरिक मार्को दी मार्सेलो, इटालियन नागरिक पाउलो कोको र फ्रान्सेली नागरिक कारोले फुच्स छन् । उद्धार कार्यमा जनप्रतिनिधि र स्थानीयवासीको समेत सहयोग रहेको गौरीशङ्कर गाउँपालिका–९ का वडाध्यक्ष ङिमगेली शेर्पाले जानकारी दिनुभयो ।

चरीकोट ।  दोलखाको गौरीशङ्कर गाउँपालिका–९, यलुङ बेसक्याम्प क्षेत्रमा गएको हिमपहिरोमा परेर तीन जना पर्यटकको मृत्यु भएको छ । आठ जना पर्यटक बेपत्ता भएको प्रहरीले जनाएको छ । 

पहिरोमा परी घाइते भएका चार जनाको उद्धारका लागि हेलिकोप्टर नागाउँमा अवतरण गरिसकेको छ । हिमपहिरोमा परेर घाइते भएका र मृत्यु भएकाको शव लिनका लागि नेपाली सेना, जनपथ प्रहरी र सशस्त्र प्रहरी गरी करिब ५० जनाको टोली घटनास्थलतर्फ गएको दोलखाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले बताउनुभयो । प्रतिकूल मौसमका कारण हेलिकोप्टर घटनास्थलसम्म पुग्न नसकेको उहाँले जानकारी दिनुभयो ।

घाइते भएका पर्यटकमा क्यानेडियन नागरिक मार्को दी मार्सेलो, इटालियन नागरिक पाउलो कोको र फ्रान्सेली नागरिक कारोले फुच्स छन् । उद्धार कार्यमा जनप्रतिनिधि र स्थानीयवासीको समेत सहयोग रहेको गौरीशङ्कर गाउँपालिका–९ का वडाध्यक्ष ङिमगेली शेर्पाले जानकारी दिनुभयो ।

  himalayanvoice.com | १८ कार्तिक २०८२, सोमबार २३:३५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online