ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

काँग्रेस बैठकमा महाधिवेशनका लागि दुई मिति र कार्यतालिका प्रस्तुत महामन्त्री गगन थापाले मङ्सिर २७ गते वडा अधिवेशन, पुसको ५ र ६ गते क्षेत्रीय अधिवेशन र पुस १६ देखि केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका प्रस्ताव गर्नुभएको छ ।

काठमाडौँ  । नेपाली काँग्रेसको आज बसेको केन्द्रीय समिति बैठकमा पार्टीको १५ औँ महाधिवेशनका लागि दुई वटा फरक–फरक मिति र कार्यतालिका प्रस्तुत भएका छन् । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार थापा र सहमहामन्त्री महेन्द्र यादवले अलग–अलग कार्यतालिका प्रस्तुत गर्नुभएको नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिनुभयो ।

महामन्त्री गगन थापाले मङ्सिर २७ गते वडा अधिवेशन, पुसको ५ र ६ गते क्षेत्रीय अधिवेशन र पुस १६ देखि केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका प्रस्ताव गर्नुभएको छ ।

फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचन अगाडि नै पार्टीको महाधिवेशन गर्नुपर्ने प्रस्ताव राख्नुहुँदै महामन्त्री थापाले पुसको कार्यतालिका अनुसार महाधिवेशन गर्न सम्भव नभए विधानबमोजिम विशेष महाधिवेशन गर्नुभएको काँग्रेसका सहमहामन्त्री पाण्डेले बताउनुभयो ।

यस्तै सहमहामन्त्री यादवले निर्वाचन अगाडि पार्टीको महाधिवेशन गर्न सम्भव नहुने भएकाले आगामी वैशाख २७ देखि पार्टीको १५ औँ महाधिवेशन गर्न प्रस्ताव गर्नुभएको छ ।

सहमहामन्त्री यादवले चैत १ गते वडा अधिवेशन, चैत ५ गते पालिका अधिवेशन, चैत १२ गते प्रदेश क्षेत्रीय अधिवेशन, चैत २० गते संघीय प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, चैत ३० गते जिल्ला अधिवेशन, र २०८३ वैशाख १५ गते सात प्रदेशको अधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गर्नुभएको छ ।

आजको बैठकमा महामन्त्री गगनकुमार थापा र सहमहामन्त्री महेन्द्र यादवसहित कोषाध्यक्ष उमेश श्रेष्ठ तथा केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सिटौला, डा. चन्द्रकान्त भण्डारी, कर्णबहादुर बुढा, डा. रणबहादुर रावल, दिलमान पाख्रिन, कुन्दनराज काफ्ले, राधा घले र शारदा पौडेलले आ–आफ्ना धारणा राख्नुभएको छ ।

जेनजी आन्दोलनपछिको विकसित परिस्थितिबारे छलफल गर्न नेपाली काँग्रेसले बोलाएको केन्द्रीय समितिको बैठक गएको असोज २८ गतेदेखि जारी छ । यस अगाडि असोज ३० र ३१ गते  तथा कात्तिक १३ र १४ गते बसेर स्थगित भएको बैठक आज पुन बसेको हो ।

पार्टीको आगामी १५ औँ महाधिवेशनको कार्यतालिकामा सहमति जुट्न नसक्दा कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक लम्बिँदै गएको छ ।

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको अर्को बैठक भोली कार्तिक १९ गते बुधबार बिहान साढे ११ बजे पुनः बस्ने छ ।

  himalayanvoice.com | १९ कार्तिक २०८२, मंगलवार १०:३८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online