ट्रेण्डिङ्ग:
|गण्डकी फुटसलको फाइनलमा प्लस–२ तर्फ चिल्ड्रेन लाइफ र कलेजतर्फ इन्फरमेटिक्सलाई उपाधि|वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात|नेपालीहरूको सुरक्षा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेका छौ : परराष्ट्र मन्त्रालय|फागुन शुक्ल पूर्णिमा: ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण, मिथुन, वृश्चिक र मीन राशिका मानिसलाई शुभ फल|निर्वाचनको सम्पूर्ण तयारी पूरा : २३ हजार बढी मतदान केन्द्रमा पुगे कर्मचारी|मतदानका दिन मौसम सफा रहने पूर्वानुमान|धनगढीमा दुई समूहबिच झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर|मध्यपूर्व तनावका कारण एनआरएनए निर्वाचन तालिकामा परिमार्जन|नेपाली दूतावास यूएईका अनुसार अहिलेको अवस्थामा ओभरस्टे भएकालाई फाइन लाग्दैन|सिनेट सुनुवाइमा कडा प्रश्नहरूको जवाफ दिदै नोएमले मिनियापोलिस अराजकताको लागि ‘हिंसक प्रदर्शनकारीहरू’ लाई दोष दिईन

शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्नु सरकारको उच्च प्राथमिकता: प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले भयरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्नु सरकारको उच्च प्राथमिकता रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री कार्कीले सरकारका प्राथमिकता बारे छलफल गर्न आज सिंहदरबारमा बोलाउनुभएको सर्वदलीय बैठकमा राजनीतिक विवादको समाधान खोज्दै निर्भयपूर्वक मतदान गर्न सक्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

छलफलमा प्रधानमन्त्री कार्कीले फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्ने संवैधानिक दायित्व र निर्वाचनको अनिवार्यताका बारे सरकार दृढ र स्पष्ट रहेको धारणा राख्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री कार्कीले संसद् पुनर्स्थापनाको माग र सरकारको वैधानिकतामाथि प्रश्न उठाउने कार्यले पुनः राष्ट्रलाई अस्थिरताको तर्फ धकेल्न सक्ने भन्नुहुँदै हाल मुलुकलाई संवैधानिक निकास दिन निर्वाचन बाहेकको विकल्प नरहेको पनि प्रष्ट पार्नुभयो ।

यस्तै प्रधानमन्त्री कार्कीले निर्वाचनको संघारमा राजनीतिक आचार र अभिव्यक्तिमा पनि ध्यान नदिएको भन्नुहुँदै केही नेताहरूले प्रयोग गरेका द्वेषपूर्ण शब्दावलीहरूले राजनीतिक र सामाजिक वातावरणलाई दूषित बनाएको टिप्पणी गर्नुभयो ।

प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगलाई बलियो र प्रभावकारी बनाउन, यसको सुदृढीकरणका लागि आवश्यक सबै प्रकारका सहयोग गर्ने घोषणा पनि गर्नुभयो ।

प्रधानमन्त्री कार्कीले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा निर्वाचन आयोगमा दर्ता भएका सबै दलहरूलाई छलफलमा आमन्त्रण गर्नुभएको थियो ।

  himalayanvoice.com | ४ मंसिर २०८२, बुधबार १०:४७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online