ट्रेण्डिङ्ग:
|गण्डकी फुटसलको फाइनलमा प्लस–२ तर्फ चिल्ड्रेन लाइफ र कलेजतर्फ इन्फरमेटिक्सलाई उपाधि|वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात|नेपालीहरूको सुरक्षा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेका छौ : परराष्ट्र मन्त्रालय|फागुन शुक्ल पूर्णिमा: ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण, मिथुन, वृश्चिक र मीन राशिका मानिसलाई शुभ फल|निर्वाचनको सम्पूर्ण तयारी पूरा : २३ हजार बढी मतदान केन्द्रमा पुगे कर्मचारी|मतदानका दिन मौसम सफा रहने पूर्वानुमान|धनगढीमा दुई समूहबिच झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर|मध्यपूर्व तनावका कारण एनआरएनए निर्वाचन तालिकामा परिमार्जन|नेपाली दूतावास यूएईका अनुसार अहिलेको अवस्थामा ओभरस्टे भएकालाई फाइन लाग्दैन|सिनेट सुनुवाइमा कडा प्रश्नहरूको जवाफ दिदै नोएमले मिनियापोलिस अराजकताको लागि ‘हिंसक प्रदर्शनकारीहरू’ लाई दोष दिईन

सिमरा क्षेत्रमा लगाइएको कर्फ्यु राति ८ः०० बजेपछि हट्यो

वीरगञ्ज  । बाराको जितपुर सिमरा क्षेत्रमा आज दिउँसो १ः०० बजेदेखि घोषित कफ्र्यू आदेश अहिले राति ८ः०० बजेबाट हटाइएको छ । 

बाराको जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रमा उत्पन्न तनावपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बाराले आज दिउँसो १ः०० बजेदेखि जारी गरेको कफ्र्यू आदेश राति ८ः०० बजेसम्म कायम रहेको थियो । तर यहाँको जनजीवन साँझदेखि सामान्य हुँदै गएसँगै कर्फ्यु हटाइएको छ ।

बाराका सहायक प्रमुख जिल्ल अधिकारी एवं सूचना अधिकृत छबिरमण भट्टराईले जिल्ला सुरक्षा समितिको आज राति ८ः०० बजे बसेको बैठकले कफ्र्यू आदेशको समय थप नगरेको र सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै आगामी कदम चाल्ने निर्णय गरेको बताउनुभयो ।

जेनजी समूहका प्रदर्शनकारीहरूले अपराह्न ५ः०० बजेपछि आजको प्रदर्शन स्थगित गरेर सडक खाली गरेसँगै साँझदेखि पथलैया–वीरगञ्ज सडक खण्डमा सवारी साधनहरू सञ्चालनमा आएको र जनजीवन सामान्य बन्दै गएको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।

जिल्ला सुरक्षा समितिको आज सम्पन्न बैठकले बाराका जेनजी समूहका अगुवाहरूलाई छलफल तथा वार्ताका लागि बोलाएको भए पनि आवश्यक तयारीका साथ भोली वार्तामा आउने जानकारी आफूलाई प्राप्त भएको उहाँले बताउनुभयो ।

दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता जिल्ला सुरक्षा समितिबाट निर्णय भइसकेको भन्दै प्रमुख जिल्ला अधिकारी मिश्रले जेनजी अगुवाहरूसँग छलफल गर्न स्थानीय प्रशासन तयारी अवस्थामा बसेको बताउनुभयो ।

यसैबीच बाराका जेनजी अगुवा अविनाश अधिकारीले भोलि शुक्रवार बिहान १०ः०० बजे पुनः आन्दोलन गर्ने गरी बिहीबारको आन्दोलन स्थगित गरिएको जानकारी दिनुभयो ।

जेनजीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले नेकपा एमालेबाट निर्वाचित दुई वडाध्यक्षहरू ४१ वर्षीय धनबहादुर श्रेष्ठ र ३८ वर्षीय क्यमुदिन अन्सारीलाई पक्राउ गरिसकेको छ ।

जेनजी समूहले आफूहरूलाई आक्रमण गर्ने प्रमुख आरोपी अरविन्द साह फरार रहेको र उनलाई पक्राउ नगरेसम्म वार्तामा नबस्ने अडान राखेकोमा प्रहरीले साहलाई आज साँझ नियन्त्रणमा लिएको बाराका सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो ।

आक्रमणपछि फरार रहेका साह पक्राउ पर्नु र पक्राउ परेका अन्य दुई जनालाई समेत अदालतबाट म्याद थप गरी आवश्यक कारबाही अगाडी बढाइएपछि आन्दोलनकारी समूहसँग भोली वार्ता हुने विश्वास स्थानीय प्रशासनले गरेको छ ।

  himalayanvoice.com | ५ मंसिर २०८२, बिहीबार ११:०३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online