प्रधानमन्त्री कार्कीसँग माओवादीका नेताको भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का शीर्ष नेताहरूबीच बिहीबार भेटवार्ता भएको छ।

पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले बिहीबार बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग भेट गर्नुभएको हो। भेटमा समसामयिक राजनीतिक विषयमा आफ्ना विचार राख्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिनुभयो।

“विद्रोहको बलमा बनेको यो सरकारलाई हाम्रो पूरा साथ र समर्थन छ”, महासचिव विप्लवले भन्नुभयो, “अहिलेको अवस्थाको सुरक्षित निकासका लागि राजनीतिक समझदारीलाई अझै बृहत् बनाउँदै लैजाऔँ। जेनजीले आन्दोलनका क्रममा उठाएका मागहरू पूरा गरौँ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×