ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

एमाले महाधिवेशनः आठ जिल्लामा प्रतिनिधि टुंगो लाग्न बाँकी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्दा आठ जिल्लामा समस्या आएको छ । जिल्लाबाट उजुरी आएपछि प्रतिनिधि छनौटको टुंगो लाग्न नसकेको एमाले नेताहरुको भनाइ छ ।   

महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिका सचिव माधव ढुङ्गेलले आठ जिल्लामा प्रक्रियागत ढङ्गबाट प्रतिनिधि छनोट हुन नसक्दा केन्द्रीय कार्यालयमा उजुरी आएको बताउनुभयो ।  उहाँका अनुसार ओखलढुङ्गा, धनकुटा, दाङ, बाँके, बझाङ, तनहुँ, बारा र रौतहटमा प्रतिनिधि छनोट विधिअनुसार नभएको भन्दै उजुरी आएका हुन् । ती जिल्ला देखिएका समस्या चाँडै समाधान गरिने ढुङ्गलले बताउनुभयो ।

शनिबार देशभर एमालेको महाधिवेशन प्रतिनिधि छनोट कार्यक्रम थियो । समितिका सचिव ढुङ्गेलले अधिकांश जिल्लामा सर्वसम्मत प्रतिनिधि छनोट भएको र छनोट भएका प्रतिनिधिको विवरण पार्टीको प्रदेश कार्यालयमा सङ्कलन गरी सोमबारसम्म पठाउन निर्देशन दिएको जानकारी दिनुभयो ।

महाधिवेशनका लागि करिब दुई हजार २०० प्रतिनिधि छनोट भएको उहाँले बताउनुभयो । एक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट खुला, महिला र युवा गरी चार जना प्रतिनिधि छनोट हुन्छन् । मङ्सिर २७ देखि २९ गतेसम्म एमाले महाधिवेशन काठमाडौंमा हुँदैछ ।

  himalayanvoice.com | १५ मंसिर २०८२, आईतवार ११:५९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online