ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

आम निर्वाचनभन्दा पहिलै एनआरएनए निर्वाचन : महेश श्रेष्ठ

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार श्रेष्ठले नेपालको आम निर्वाचनभन्दा अघिनै संघको नयाँ नेतृत्वका लागि निर्वाचन गरिने बताएका छन्।

नेपालबाट सञ्चालित उकालो अनलाइनसँगको अन्तर्वार्तामा अध्यक्ष श्रेष्ठले संघको निर्वाचन मार्च ५ तारिखअघि नै हुने जानकारी दिए। उनका अनुसार, “छ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने भनिएको छ। नेपालमा प्रतिनिधिसभा निर्वाचन हुँदैछ, त्यसअघि नै संघको निर्वाचन सक्नुपर्छ,” उनले भने।

श्रेष्ठले आगामी छ महिनाभित्र महाधिवेशन सम्पन्न गरेर सबै पक्ष मिलाउने संघको प्रयास रहने बताए। उनका अनुसार, “मिलाउनका लागि पहल भइसकेको छ। निर्वाचनमा प्रायः विवाद हुन्छ—विशेषगरी निर्वाचन प्रणाली र महाधिवेशन प्रतिनिधिको सवालमा विवाद हुने सम्भावना हुन्छ। अहिले एनआरएनएको संरचना र विधानले विश्वभर रहेका नेपालीलाई समेट्न सक्दैन। यसमा आमूल परिवर्तन आवश्यक छ,” उनले स्पष्ट पारे।

उनका अनुसार, अहिलेकै संरचनामा रहेका कमजोरीका कारण आउँदे दिनमा पनि विवाद उत्पन्न भइरहने खतरा रहन्छ। “यो कार्यकालमा कुनै तरिकाले मिलाउन सकिए पनि अर्को कार्यकालमा संरचना र विधानमा व्यापक परिवर्तन गर्नैपर्छ,” उनले भने।

श्रेष्ठले हालको संरचना अत्यधिक चुनावमुखी भएको उल्लेख गरे। “हरेक दुई–दुई वर्षमा चुनाव हुने र त्यही चुनावका कारण विवाद बढ्ने अवस्था छ। हाम्रो जस्तो संस्थामा यस्तो बारम्बारको चुनाव उपयुक्त हुँदैन। संयुक्त राष्ट्रसंघ, लायन्स क्लब, रोटरी क्लब जस्ता मोडेल उपयुक्त हुन सक्छन्,” उनले सुझाव दिए।

  himalayanvoice.com | २६ मंसिर २०८२, बिहीबार १२:२६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online