ट्रेण्डिङ्ग:
|गण्डकी फुटसलको फाइनलमा प्लस–२ तर्फ चिल्ड्रेन लाइफ र कलेजतर्फ इन्फरमेटिक्सलाई उपाधि|वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात|नेपालीहरूको सुरक्षा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेका छौ : परराष्ट्र मन्त्रालय|फागुन शुक्ल पूर्णिमा: ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण, मिथुन, वृश्चिक र मीन राशिका मानिसलाई शुभ फल|निर्वाचनको सम्पूर्ण तयारी पूरा : २३ हजार बढी मतदान केन्द्रमा पुगे कर्मचारी|मतदानका दिन मौसम सफा रहने पूर्वानुमान|धनगढीमा दुई समूहबिच झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर|मध्यपूर्व तनावका कारण एनआरएनए निर्वाचन तालिकामा परिमार्जन|नेपाली दूतावास यूएईका अनुसार अहिलेको अवस्थामा ओभरस्टे भएकालाई फाइन लाग्दैन|सिनेट सुनुवाइमा कडा प्रश्नहरूको जवाफ दिदै नोएमले मिनियापोलिस अराजकताको लागि ‘हिंसक प्रदर्शनकारीहरू’ लाई दोष दिईन

निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ सहभागी राजनीतिक दललाई निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेको छ । आयोगले शुक्रबार ती राजनीतिक दल दर्ता भएको र चुनाव चिन्हसमेत उपलब्ध गराएको हो ।

सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईका अनुसार यही मङ्सिर २१, २२ र २३ गते तीन दिनको समयभित्र समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि आवेदन दिएका थिए ।

सो निर्वाचन प्रणालीतर्फ १०० दलले आवेदन दिएको भएपनि दुई वा दुईभन्दा बढी दलले एकल चुनाव चिन्हमा भाग लिने गरी आवेदन दिएकाले कूल ९३ वटा निर्वाचन चिन्ह कायम भएको उहाँको भनाइ छ ।

आयोगले २०७९ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्राप्त गरेको समानुपातक मतका आधारमा क्रमसङ्ख्या र निर्वाचन चिन्ह प्रदान गरिएको जनाएको छ । अन्यका हकमा दर्ताका आधारमा चिन्ह प्रदान गरेको छ ।

आयोगले पहिलो नम्बरमा सूर्य, दोस्रोमा रुख, तेस्रोमा पाँचकुने तारा, चौथोमा घण्टी, पाँचौँमा हलो, छैटाँैमा ढल्केको छाता, सातौँमा लाउड स्पिकर चुनाव चिन्ह निर्धारण गरेको छ ।

त्यसैगरी पिँध भएको सादा ढकिया, साइकल, मादल, गिलास, लौरो, खुलेको एकल आँखा, जरायो, दुई हात जोडेको नमस्कार, कुखुराको भाले, जग, पञ्जा छाप, इनार, डोको, हँसिया र तारा, कमलको फूल, गितार, घर, हँसियालगायतका चुनाव चिन्ह रहने छन् ।

यसैगरी, नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जनजागृति पार्टीले एकल चुनाव चिन्ह बस प्राप्त गरेको छ । राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालले एकल चिन्हका रूपमा चकिया (जाँतो) चुनाव चिन्ह पाएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी), नेपाल कम्युनिस्ट पार्टीले कोदालो र सचेत नेपाली पार्टी र नागरिक सर्वोच्चता पार्टी नेपालले जगर भएको सिंह एकल चिन्ह पाएको आयोगले जनाएको छ ।

  himalayanvoice.com | २७ मंसिर २०८२, शुक्रबार २३:१२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online