ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

नेपाली जनसम्पर्क समिति दक्षिण क्यालिफोर्नियाको सभापतिमा रामचन्द्र लामिछाने निर्वाचित

लस-एन्जलस। नेपाली कांग्रेसको विदेशस्थित संगठन नेपाली जनसम्पर्क समिति दक्षिण क्यालिफोर्निया च्याप्टरको सभापतिमा रामचन्द्र लामिछाने निर्वाचित भएका छन् । शनिबार सम्पन्न अधिवेशनले लामिछानेलाई सवर्सम्मतिले सभापति निर्वाचित गरेको हो ।

अधिवेशनले अजित घिमिरे र प्रविण घिमिरे उपसभापति, महिला उपसभापति सिता उप्रेती,विवेक श्रेष्ठ महामन्त्री, युग मणि गुरुङ्ग, सह महामन्त्री, समशेर बहादुर भण्डारी कोषाध्यक्ष सहित १५ सदस्य कार्यसमिति निर्वाचित गरेको छ ।


कार्यसमिति सदस्यहरुमा, महेन्द्रराज पाण्डे, क्षत्र बहादुर बिष्ट, केशव पौडेल, सुजाता भट्टराई कार्की, देवी चरण घिमिरे, प्रभाकर सिग्देल, अमृत महतो र रत्न क्षेत्री निर्बिरोध निर्वाचित भएका छन् ।

विश्व सुबेदी संयोजक रहेको निर्वाचन समितिले शुक्रबार साँझ सवै पदमा एकल उम्मेदवारी परेपछि कार्यसमिति निर्वाचित भएको जानकारी गराएको थियो । सभापति पदका प्रत्याशी राजेश निरौलाले अर्का प्रत्याशी रामचन्द्र लामिछानेलाई समर्थन गरेपछि सम्पूर्ण कार्यसमिति निर्बिरोध निर्वाचित भएको हो ।

शनिबार राति सम्पन्न पदस्थापन समारोहमा निबर्तमान सभापति मदन पाठक र केन्द्रिय सदस्य गोकुल ढकालको उपस्थितिमा प्रमुख निर्वाचन आयुक्त बाशु सुबेदीले सम्पूर्ण कार्यसमितिलाई सपथ ग्रहण गराएका थिए ।

समारोहमा क्यालिफोर्नियाका लागि अवैतनिक वाणिज्यदुत ऋषि पुनाखर ढकाल, नेपाली काँग्रेस महासमिति सदस्य टिका चौधरी, प्रवाशी मंचका केन्द्रिय सदस्य राजेन्द्र सिवाकोटी, श्री पशुपतिनाथ बुद्ध फाउन्डेसनका अध्यक्ष विमल श्रेष्ठ, अभियन्ता नबिन पोखरेल, अनिल ओली, राजेंश निरौला लगायतले नव निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामान दिएका थिए ।

समरोहमा नव निर्वाचित सभापति रामचन्द्र लामिछानेले समुदायको हितमा आफ्नो दैलो सधै खुल्ला रहने बताउदै विधि र पद्धतिमा संगठन चलाउने प्रतिवद्धता व्यक्त गरे ।

निवर्तमान सभापति मदन पाठकले बाह्र वर्षमा खोला फर्किए जस्तै संगठनको अभिभारा असल व्यक्तिलाई सुम्पन पाएकोमा खुसि लागेको बताए ।

करिब २९६ जना सदस्य रहेको नेपाली जनसम्पर्क समिति दक्षिण क्यालिफोर्निया च्याप्टरको निर्वाचन प्रयोजनका लागि हेम ठकुल्ला संयोजक रहेको सदस्यता छानविन, विश्व सुबेदी संयोजक रहेको निर्वाचन समिति र एकदेव पौडेल संयोजक रहेको निर्वाचन पर्वेक्षण समिति गठन गरिएको थियो ।

  himalayanvoice.com | ६ पुष २०८२, आईतवार ११:१६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online