ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

काँग्रेसद्वारा समानुपातिक तर्फका उम्मेदवार चयन प्रक्रिया सुरु

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले प्रतिनिधि सभा सदस्यका लागि पार्टीको समानुपातिक तर्फका १ सय १० उम्मेदवार चयनको मापदण्ड तयार गरी उम्मेदवार चयन प्रक्रिया सुरु गरेको छ । 

पार्टीको केन्द्रीय कार्यालय सानेपामा नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बैठकमा पार्टीको महाधिवेशन कार्यतालिका परिमार्जन लगायतका विषयमा पनि छलफल भएको छ ।

केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले वर्तमान विकसित राजनीतिक अवस्थामा विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उमेद्वारका विरुद्ध उम्मेदवार भएका व्यक्ति तथा उनीहरूका प्रस्तावक र समर्थक माथि गरिएको कारवाहीको बाँकी अवधि माफी मिनाहा गर्ने निर्णय गरेको छ ।

यसरी कारबाही माफी मिनाहा भएका व्यक्तिहरूको क्रियाशील सदस्यतालाई निरन्तरता कायम गरी क्रियाशील सदस्यता नवीकरण गर्ने पनि बैठकले निर्णय गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

यस्तै बैठकले विभिन्न पेशा, व्यवसाय र विविध क्षेत्रमा रही राष्ट्र र जनताको सेवामा समर्पित लोकतान्त्रिक आस्था र विचार भएका व्यक्तिहरूलाई पार्टीमा सक्रिय भूमिका निर्वाह गर्न पनि आग्रह गरेको छ ।

नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको अर्को बैठक भोली पुस १३ गते आइतबार बिहान ११ बजे पुन बस्ने पार्टीले जनाएको छ ।

  himalayanvoice.com | १२ पुष २०८२, शनिबार १४:५०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online