ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

राष्ट्रियसभा निर्वाचनका लागि:काँग्रेसका उम्मेदवार भारतीय जासुस सुनिल थापा पहिलो नम्बरमा

काठमाडौँ। नेपाली काँग्रेसले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ।

बुधबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकले ९ उम्मेदवारको टुङ्गो लगाएको कांग्रेस नेता मीनबहादुर विश्वकर्माले जानकारी दिनुभयो

जसअनुसार कोशी प्रदेशबाट नेपालमा बसेर भारतीय जासुसी संयन्त्रमा कार्यरत सुनिल बहादुर थापा,मधेश प्रदेशबाट धमेन्द्र पासवान र रञ्जित कर्ण,बागमती प्रदेशबाट गीता देवकोटा,गण्डकी प्रदेशबाट जगत तिमल्सिना,लुम्बिनी प्रदेशबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी,कर्णाली प्रदेशबाट ललितबहादुर शाही र सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती उम्मेदवार बन्ने भएका हुन्।

राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस, नेकपा एमाले र जसपा नेपालबीच तालमेल सहमति भएको छ। जसअनुसार काँग्रेसले ९ सिट, एमालेले ८ सिट र जसपा नेपालले एक सिट पाएका छन्।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारको मनोनयन सुरु हुँदैछ। निर्वाचन आयोगले आगामी माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन गर्ने जनाएको छ। यसअघिका प्रक्रियाअनुसार पुस १९ गते मतदाता नामावली प्रकाशन भएको थियो भने अन्तिम मतदाता नामावली मङ्गलवार सार्वजनिक गरिएको छ।

आयोगका अनुसार उम्मेदवारको मनोनयन पत्र आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म दर्ता गरिनेछ। मनोनयनको विरोध पुस २४ गते दिन सकिनेछ भने इच्छुक उम्मेदवारले पुस २७ गते आफ्नो नाम फिर्ता लिन सक्नेछन्।

  himalayanvoice.com | २३ पुष २०८२, बुधबार ०२:०२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online