प्रधानमन्त्री वालेन्द्र शाहद्वारा मन्त्रिपरिषद विस्तार

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलवार मौजुदा मन्त्रिपरिषद्‌मा नियुक्ति, हेरफेर र कार्यविभाजन गर्नुभएको छ। राष्ट्रपतिको कार्यालयका अनुसार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम संवत् २०८२ साल चैत १३ गते गठित मन्त्रिपरिषद्‌मा प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा देहायअनुसार नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरिएको हो।

पुनर्गठित मन्त्रिपरिषद्‌मा प्रधानमन्त्री शाहले रक्षा मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्नुभएको छ। मन्त्रिपरिषद्‌को कार्यविभाजन यस प्रकार छ:

क्र.सं. नाम, थर मन्त्रालय

१ वालेन्द्र शाह प्रधानमन्त्री, रक्षा

२ डा. स्वर्णिम वाग्ले अर्थ

३ शिशिर खनाल परराष्ट्र

४ विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ

५ सुधन गुरुङ गृह

६ सुनील लम्साल पूर्वाधार विकास

७ सोविता गौतम कानुन, न्याय तथा संसदीय मामिला

८ महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन

९ सीता वादी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

१० प्रतिभा रावल भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

११ निशा मेहता स्वास्थ्य तथा खाद्य स्वच्छता

१२ सस्मित पोखरेल शिक्षा तथा खेलकुद

१३ खडकराज पौडेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

१४ डा. विक्रम तिमिल्सिना सूचना तथा सञ्चार

१५ गीता चौधरी कृषि, वन तथा पर्यावरण

१६ गौरी कुमारी उद्योग, वाणिज्य तथा आपूर्ति

१७ रामजी यादव युवा, श्रम तथा रोजगार

मङ्गलवार नै राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीद्वय सुधन गुरुङ र महावीर पुनले राष्ट्रपति पौडेलसमक्ष नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×