ट्रेण्डिङ्ग:
|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|आजदेखि देशभर आर्थिक गणना हुँदै|सरकारले एनआरएनका लागि वार्षिक एक खर्बको ‘डायस्पोरा बन्ड’ जारी गर्दै|नेपाली महावाणिज्यदूतावास सान फ्रान्सिस्कोमा आरोग्य दिवस मनाइयो|राष्ट्रपति ट्रम्पले परिणाम जे भए पनि विजयको घोषणा गर्छन्, र इरान युद्ध यसको पछिल्लो उदाहरण हो|क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यमा डिस्टर्ब नगरियोस् : सभापति थापा|फुटसल कपको उपाधि बैंकर्स क्लबलाई|कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने ‘जरा अभियान’ सुरु|टोखामा सपनतीर्थ मेला, भक्तजनको घुइँचो|सरकारको ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सुझावका लागि सार्वजनिक

बैतडीमा जिप दुर्घटना : चालकसहित दुईको मृत्यु, ६ घाइते

बैतडी । बैतडीको पाटन नगरपालिका–६ स्थित खिपालीमा जिप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् ।

मृत्युु हुनेमा अन्दाजि २४ जिप चालक सन्तोष बोहरा र ३२ वर्षीया किरण बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सुचना अधिकारी बलराम पाण्डेले बताउनुभयो ।

धनगढीबाट दार्चुलाको गन्ना जाँदै गरेको सुप प्र ०४–००१ ज १३७२ नम्बरको जिप शुक्रबार बिहान करिब ५ः३० बजे खिपालीमा सडकबाट चिप्लिएर भिरमा खसेको स्थानीय बसन्त बहादुर बिष्टले बताउनुभयो ।

दुर्घटनामा डिलासैनी गाउँपालिका निवासी २५ वर्षीय हेमन्त प्रसाद भट्ट,  ५२ वर्षीया कुल्मा धामी, २७ वर्षीय राजेन्द्र खत्री, २१ वर्षीया भागरथी खत्री, उनकी २ वर्षीया छोरी एलिसा खत्री, ३९ वर्षीय रामकुमार राना   घाइते भएका सूचना अधिकारी पाण्डेले बताउनुभयो ।

दुर्घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय पाटन र स्थानीयवासी घटनास्थल पुगेर उद्धारमा खटिएका छन् । सबै घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा प्राथमिक उपचार गराइएको छ भने गम्भीर घाइतेहरूलाई थप उपचारका लागि अन्यत्र रेफर गर्ने तयारी भइरहेको  प्रहरी प्रवक्ता पाण्डेले बताउनुभयो ।

  himalayanvoice.com | २८ असार २०८२, शनिबार ००:३८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online