ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

नेप्से परिसूचक १८ अङ्कले घट्दा साढे २६ अर्बको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिँदा कारोबार रकम साढे रु. २६ अर्ब नाघेको छ।

नेप्से परिसूचक १८ दशमलव ४४ अङ्कले घटेर दुई हजार ९६४ दशमलव २० को बिन्दुमा कायम भएको हो।

आज तीन सय २३ कम्पनीको पाँच करोड ८६ लाख ५३ हजार ७६२ कित्ता शेयर दुई लाख तीन हजार ६५८ पटक खरिदबिक्री हुँदा २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार २३७ बराबरको कारोबार भएको छ। आजको कारोबार रकम पछिल्लो करिब ११ महिनाकै उच्च हो।

विकास बैंक समूह एक दशमलव २३, उत्पादन तथा प्रशोधन एक दशमलव शून्य आठ, म्युचुअल फण्ड शून्य दशमलव ३९ र व्यापार समूह एक दशमलव ४४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ।

बैंकिङ शून्य दशमलव ७१, वित्त एक दशमलव ९९, होटल तथा पर्यटन एक दशमलव ७९, जलविद्युत् एक दशमलव शून्य नौ, लगानी एक दशमलव ६६, जीवन बिमा एक दशमलव ३५, निर्जीवन बिमा शून्य दशमलव ६७ र अन्य समूह शून्य दशमलव ८६ प्रतिशतले घटेको छ।

आजको कारोबारमा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड र ट्रेड टावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य छ दशमलव ३४ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको एक अर्ब दुई करोड तीन लाख ३५ हजार ९२३ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी लक्ष्मी सनराइज बैंक प्रमोटरको शेयर २१ लाख २० हजार ९१२ कित्ता किनबेच भएको छ।

  himalayanvoice.com | १२ श्रावण २०८२, आईतवार १२:२६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online