ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

एपिएफमाथि फ्रेन्ड्सको सहज जित

काठमाडौँ । फ्रेन्ड्स क्लबले एन्फा यु–१६ युथ लिगमा विभागीय टोली एपिएफ फुटबल क्लबमाथि सहज जित निकालेको छ ।

एन्फा मैदान सातदोबाटोमा आइतबार भएको खेलमा फ्रेन्ड्सले एपिएफलाई ३–१ गोलले हरायो । फ्रेन्ड्सको जितमा मन्दीप ढुङ्गेलले दुई र प्रभात बिसीले गोल गर्नुभयो ।

एपिएफका लागि असिम खड्काले गर्नुभएको सुरुवाती गोल सान्त्वना बन्यो । जितसँगै फ्रेन्ड्सले नौ खेलबाट १९ अङ्क बनाएको छ । पराजित एपिएफको समान खेलबाट १५ अङ्क छ ।

यस्तै आइतबार नै भएको अर्को खेलमा चर्च ब्वाइज युनाइटेड र सङ्कटा क्लबले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ । चर्च ब्वाइजका लागि स्वप्नील दर्लान र अप्सन गुरुङले गोल गर्नुभयो ।

सङ्कटाका लागि पेम्बा तामाङ र प्रजलकुमार लुम्रेले गोल गर्नुभयो । बराबरीसँगै सङ्कटाले नौ खेलबाट १९ अङ्क बनाएको छ । चर्च ब्वाइजको समान खेलबाट १४ अङ्क छ ।

 

  himalayanvoice.com | १२ श्रावण २०८२, आईतवार १२:२८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online