ट्रेण्डिङ्ग:
|‘लालीबजार’ को प्रदर्शनमा रोक|सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको होः सल्लाहकार शाह|वैशाख शुक्ल चतुर्दशीः आज नृसिंह जयन्ती|आज अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदै|उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग|पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली|क्याल भिसिबीले क्यालिफोर्नियाभरि यौन दुर्व्यवहार पीडितहरूलाई आर्थिक सहयोग प्राप्त गर्न मद्धत गर्दछ|बार्सिलोनामा गित, संगीत, नृत्य र सांस्कृतिक प्रदर्शनी सहित नेपाल प्रवर्द्धन कार्यक्रम सम्पन्न|हैटी र सिरियाका आप्रवासीहरूको सुरक्षा अन्त्य गर्न ट्रम्प प्रशासनले दिएको दबाब बारे सर्वोच्च अदालतले विचार गर्दै|लुटपाटको डरले पसलहरू बन्द हुँदा अवैध आप्रवासनको विरोधमा जोहानेसबर्गमा प्रदर्शन

मायाप्रेम र बिछोड ‘सैयारा’

काठमाडौँ । ताराहरूमध्येको एउटा एक्लो तारा हो ‘सैयारा’ जसले संसारलाई उज्यालो बनाउन आफ्नो तन, मन र धन सबै समर्पण गर्छ । निर्देशक मोहित सुरी निर्देशित चलचित्र ‘सायरा’ को संवाद हो, यो । निर्देशक सुरीले चलचित्र ‘आशिकी २’ बाट नै प्रेममा सफल–असफल भएका युवकयुवतीको कथा सुनाउँदै आएका छन् । सैयारा पनि यसकै नयाँ भाग हो भन्दा खासै फरक पर्दैन । प्रेम, पीडा र मन छुने खालका गीत/सङ्गीतको मिश्रण हो ‘सैयारा’ । नवकलाकार अहान पाण्ड (कृष कपुर) र अनित पड्डा (वाणी बत्रा) बिच हुने मायाप्रेमको उतारचढाव नै चलचित्रको मुख्य कथा हो ।

कृष कपुर जो साङ्गीतिक संसारमा चम्कन अनेकन सपना देख्नुहुन्छ । चलचित्रमा कृषको प्रवेशले नै यो स्पष्ट पार्छ कि उहाँ ‘आशिकी २’ का आरजे र ‘रकस्टार’ का जेजे जस्तै रिसाहा, कसैसँग नडराउने मान्छे हुनुहुन्छ तर ठिक कृषको विपरीत वाणी हुनुहुन्छ जो एक शान्त, सबै कुरा बुझ्ने केटीको भूमिकामा देखिनुभएको । उहाँले पहिला नै प्रेममा धोका पनि पाइसक्नुभएको हुन्छ । कृषसँग गीत रचना गर्ने र धुनले सजाउने प्रतिभा छ भने वाणीले राम्रो लेख्छिन् । दुवैको जब भेट हुन्छ एकअर्काको जीवनमा नयाँ रङ्गहरू थपिन्छन् । दुवै सपनाको संसारमा उड्न थाल्छन् । चलचित्रको कथामा यस्तो ट्विस्ट आउँछ कि वाणीलाई कृषबाट अलग हुन बाध्य हुनु पर्छ । यस्तो अवस्थामा कृषले आफ्नो प्रेम र आफूले देखेको सपनामध्ये के रोज्छन् ? दुवैको प्रेमकथाले कस्तो मोड लिन्छ ?

निर्देशक सुरीले चलचित्र ‘आशिकी २’ देखि ‘एक खलनायक’ सम्म धेरै प्रेमकथाका चलचित्र पस्किसक्नुभएको छ । चलचित्र सायराको कथा पनि खासै केही नयाँ होइन तर कलाकारको अभिनय र सङ्गीतले गर्दा चलचित्रमा दर्शक लोभिएका हुन्भन्दा खासै फरक पर्दैन । मध्यान्तरअघि चलचित्र ‘आशिकी २’ को अर्को भाग हो कि भन्ने भान हुन्छ । निर्देशक सुरीले जसरी चलचित्रमा पात्रको प्रेमलाई चित्रण गर्नुभएको छ त्यसले अवश्य नै दर्शकलाई आकर्षित गर्छ । धुन…, हमसफर…, हो ना जाए प्यार… जस्ता मधुर गीतले पनि चलचित्रको कथामा आकर्षण थप्ने काम गरेको छ । मध्यान्तरपछि मायाप्रेममा भएका पीडा देखाइन्छ त्यसपछि कथालाई निर्देशकले कुन दिशातर्फ लैजान खोज्नुभएको हो त्यसमा दर्शकभित्र अन्योल देखिन सक्छ ।

अहानको अभिनय तारिफयोग्य छ । कृषको भूमिकामा उहाँ जम्नुभएको छ तर पनि उहाँले आफ्नो संवाद र प्रस्तुतिमा भने अझ बढी मेहनत गर्नुपर्ने देखिन्छ । साथै अनितलाई वाणीको भूमिकामा सुहाएको छ । उहाँको अभिनय परिपक्क देखिन्छ । चलचित्रको कथाभित्र सानातिना कमजोरी हुँदाहुँदै पनि निर्देशक सुरीले यस पटक पनि मायाप्रेममा फसेका युवकयुवतीलाई राम्रो खुराक दिन सफल हुनुभएको छ ।

  himalayanvoice.com | १२ श्रावण २०८२, आईतवार १२:३१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online