ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

मनाङ र मच्छिन्द्र विजयी

काठमाडौँ । मनाङ मर्स्याङ्दी क्लब र मच्छिन्द्र क्लबले एन्फा यु–१६ लिगमा सोमबार जित निकालेका छन् ।

एन्फा मैदान सातदोबाटोमा भएको खेलमा मनाङले जावलाखेल युथ क्लबलाई ३–१ गोलले हरायो । मनाङको जितमा ईश्वर परियार, शिओम श्रेष्ठ र साकिन कुँवरले गोल गर्नुभयो ।

जावलाखेलका पुजन सुनारले सान्त्वना गोल फर्काउनुभयो । जितसँगै मनाङले नौ खेलबाट २० अङ्क बनाएको छ । पराजित जावलाखेलको समान खेलबाट १० अङ्क छ ।

यस्तै अर्को खेलमा मच्छिन्द्र क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ५–० गोलले हरायो । एकपक्षीय खेलमा मच्छिन्द्रलाई जिताउन अर्जुनबहादुर कढायतले दुई तथा प्रज्ञान राई, हिमाल थिङ र विकास थापाले एक एक गोल गर्नुभयो ।

जितसँगै मच्छिन्द्रले पनि नौ खेलबाट २० अङ्क बनाएको छ । आर्मी समान खेलबाट ६ अङ्क छ । लिगमा ‘ए’ डिभिजनका १४ क्लबको सहभागिता रहेको छ ।

  himalayanvoice.com | १३ श्रावण २०८२, सोमबार ०९:२३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online