ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

मनाङ र मच्छिन्द्र विजयी

काठमाडौँ । मनाङ मर्स्याङ्दी क्लब र मच्छिन्द्र क्लबले एन्फा यु–१६ लिगमा सोमबार जित निकालेका छन् ।

एन्फा मैदान सातदोबाटोमा भएको खेलमा मनाङले जावलाखेल युथ क्लबलाई ३–१ गोलले हरायो । मनाङको जितमा ईश्वर परियार, शिओम श्रेष्ठ र साकिन कुँवरले गोल गर्नुभयो ।

जावलाखेलका पुजन सुनारले सान्त्वना गोल फर्काउनुभयो । जितसँगै मनाङले नौ खेलबाट २० अङ्क बनाएको छ । पराजित जावलाखेलको समान खेलबाट १० अङ्क छ ।

यस्तै अर्को खेलमा मच्छिन्द्र क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ५–० गोलले हरायो । एकपक्षीय खेलमा मच्छिन्द्रलाई जिताउन अर्जुनबहादुर कढायतले दुई तथा प्रज्ञान राई, हिमाल थिङ र विकास थापाले एक एक गोल गर्नुभयो ।

जितसँगै मच्छिन्द्रले पनि नौ खेलबाट २० अङ्क बनाएको छ । आर्मी समान खेलबाट ६ अङ्क छ । लिगमा ‘ए’ डिभिजनका १४ क्लबको सहभागिता रहेको छ ।

  himalayanvoice.com | १३ श्रावण २०८२, सोमबार ०९:२३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online