ट्रेण्डिङ्ग:

सिन्धुलीको हायू परिवार पोखरामा फेला

लेखनाथ। सिन्धुलीबाट सम्पर्कविहीन भएको हायू परिवारका १६ जना सदस्यहरु कास्कीको पोखरा महानगरको गगनगौंडामा भेटिएका छन् । 

हायू परिवारका सदस्यहरु गगनगौडाका स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिनुभयो । “उहाँहरु गगनगौडाका दुई जना स्थानीयको घरमा भेटिनुभएको छ” ओलियाले भन्नुभयो, “उहाँहरुलाई आफन्तको जिम्मा लगाउने छलफल हुँदैछ ।”

शनिबार आएर पोखराको होटल जननीमा बसेको हायू परिवार आइतबार त्यहाँबाट निस्केका थिए । उनीहरुले प्रहरीलाई मजदूरी गर्न पोखरा आएको जानकारी दिएका छन् । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा ६ बाट हायू परिवार गएको शुक्रबारदेखि सम्पर्कविहीन रहेका थिए ।

  himalayanvoice.com | १३ श्रावण २०८२, सोमबार १५:२८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online