ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

चारतारे ‘गोदावरी फरेस्ट रिसोर्ट’ सञ्चालनका लागि तयार

काठमाडौँ । ललितपुरको गोदावरीमा सुविधा सम्पन्न होटल ‘गोदावरी फरेस्ट रिसोर्ट’ तयार भएको छ ।

निर्माण कार्य सुरु भएको ६ वर्षपछि रिसोर्ट सञ्चालनका लागि तयार भएको सञ्चालक युवराज श्रेष्ठले जानकारी दिनुभयो ।

अमेरिकन होटल चेन ब्रान्ड ‘बेस्ट वेस्टर्न प्लस’ को व्यवस्थापनमा रहेको ‘गोदावरी फरेस्ट रिसोर्ट’ दशैँ अगाडिबाट सञ्चालनमा आउने छ ।

एक अर्ब ९५ करोड रुपियाँ लागतमा तयार भएको रिसोर्टमा कुल ८३ वटा सुविधा सम्पन्न कोठा रहेका छन् । रिसोर्टमा श्रेष्ठसहित कुशन्द्र महत, कल्याण जोशी, राजेन्द्र भण्डारी, मदनलाल जोशीलगायतको संयुक्त लगानी रहेको छ।

यस्तै रिसोर्टमा तीन वटा सुविधा सम्पन्न मिटिङ हल, एउटा इन्फिनिटिभ स्विमिङ पुल, तीन सय क्षमतको इभेन्ट प्लेस, दुई वटा अत्याधुनिक रेस्टुरेन्ट, स्पा, फिटनेस सेन्टर, उच्चस्तरको ब्युटी पार्लर, गिफ्ट सपलगायत सुविधा रहेको छ ।

सञ्चालक श्रेष्ठका अनुसार पाँचतारे सुविधा प्रदान गरिने गरी तयार पारिएको रिसोर्टले अहिले चारतारे स्तरको वर्गीकरण लिनेछ । रिसोर्टमा ५० भन्दा बढी चारपाङ्ग्रे सवारी साधनका लागि पार्किङको क्षमता छ ।

‘‘रिसोर्ट मुख्यगरी भारतीय र चिनिया पर्यटकलाई लक्षित गरी निर्माण गरिएको हो । यस्तै गोदावरी वरपरको क्षेत्रमा हाइकिङ, ट्रेकिङका साथै धार्मिक पर्यटन पनि बढ्न थालेकाले आन्तरिक पर्यटकले पनि सुविधा लिन सक्ने छन्,’’ श्रेष्ठले भन्नुभयो ।

  himalayanvoice.com | १४ श्रावण २०८२, मंगलवार १०:४४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online