ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

महिला एसियन कप : बङ्गलादेश र भारत कठिन समूहमा

काठमाडौँ । दक्षिण एसियाबाट एएफसी महिला एसियन कप–२०२६ को ढोका खोलेका बङ्गलादेश र भारत कठिन समूहमा परेका छन् ।

मलेसियास्थित एसियन फुटबल महासङ्घ (एएफसी) को मुख्यालयमा मङ्गलबार गरिएको समूह विभाजनमा बङ्गलादेश समूह ‘बी’ र भारत समूह ‘सी’ मा परेको छ ।

बङ्गलादेशको समूहमा साविक विजेता चीन, उत्तर कोरिया र उज्वेकिस्तान रहेको छ । चीन र उत्तर कोरिया बलिया टोली हुन् । चीनले सन् २०२२ मा भारतमा भएको पछिल्लो संस्करणमा दक्षिण कोरियालाई ३–२ गोलले हराउँदै नवौँ पटक उपाधि जितेको थियो ।

यस्तै उत्तर कोरिया सन् २००१, २००३ र २००८ मा च्याम्पियन बनेको थियो । उज्वेकिस्तानले चार पटक भाग लिई सकेको छ भने एसियन कप बङ्गलादेशको डेब्यु प्रतियोगिता हो ।

यस्तै भारत रहेको समूह ‘सी’ मा जापान, भियतनाम र चाइनिज ताइपेई रहेको छ । जापान दुई र चाइनिज ताइपेई तीन पटकको च्याम्पियन टोली हो ।

हालै उज्वेकिस्तानमा सम्पन्न एसियन कप छनोट खेलमा नेपाल छनोट चरणको अन्तिम खेलमा घरेलु टोली उज्वेकिस्तानसँग टाइब्रेकरमा पराजित हुँदै बाहिरिएको थियो ।

उज्वेकिस्तानसँगको अन्तिम हारले नेपालको एसियन कपसँगै फिफा महिला विश्वकप छनोट–२०२७ र लस एन्जलस ओलम्पिक–२०२८ को छनोट यात्रा पनि गुमेको थियो ।

  himalayanvoice.com | १४ श्रावण २०८२, मंगलवार १०:४६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online