ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

कांग्रेस संसदीय दलको नेताको निर्वाचन आज हुने

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलको नेताका लागि बुधबार निर्वाचन हुँदै छ । कांग्रेस बागमती प्रदेशसभा संसदीय दलको नेता निर्वाचन समितिले निर्वाचन तालिका सार्वजनिक गरेको हो ।

संसदीय दलको नेताका लागि बुधबार दिउँसो २ बजेदेखि ३ बजेसम्म मतदान हुने निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठले सार्वजनिक गर्नुभएको निर्वाचन तालिकामा उल्लेख छ ।

निर्वाचन प्रक्रिया बिहान ८ बजेबाट सुरु भएसँगै मतदाता नामावली प्रकाशन बिहान ८ बजे गरिएको छ ।

उम्मेदवारी दर्ता बिहान १० बजेदेखि ११ बजेसम्म, दावी विरोध ११ः३० बजेदेखि ११ः३० बजेसम्म, उम्मेदवारको नाम फिर्ता दिउँसो १२ बजेदेखि १  बजेसम्म र उम्मेदवारको अन्तिम नामावली प्रशासन दिउँसो १ बजेदेखि रहेको निर्वाचन तालिका रहेको छ ।

यसअघि कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिले निर्वाचन समिति बनाउने निर्णय गरेको थियो ।

  himalayanvoice.com | १४ श्रावण २०८२, मंगलवार २३:०४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online