विधान विपरीतको राष्ट्रिय भेलालाई मान्यता दिन सकिँदैन : रञ्जिता श्रेष्ठ

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले विधान विपरीत गरिएको राष्ट्रिय भेलालाई मान्यता दिन नसकिने बताउनुभएको छ।

गोरखापत्र अनलाइनसँग कुरा गर्नुहुँदै उहाँले नाउपाका संरक्षक रेशम चौधरी नेतृत्वमा बुधबार काठमाडौँमा आयोजना गरिएको राष्ट्रिय भेलाबारे आफू बेखबर रहेको जानकारी दिनुभयो।

श्रेष्ठले भन्नुभयो, “नागरिक उन्मुक्ति पार्टीको विधानले राष्ट्रिय भेला बोलाउने अधिकार पार्टीको अध्यक्षलाई दिएको छ। पार्टीको अध्यक्ष पदमा जो हुनुहुन्छ, पार्टीको अध्यक्षको हैसियतले मैले कुनै पनि राष्ट्रिय भेला आव्हान गरेको छैन।” उहाँले पार्टीका गतिविधि विधिसम्मत चल्नुपर्ने भनाइ राख्नुभयो।

उहाँले भन्नुभयो, “हामी विधि विधानमा चल्नुपर्छ। विधान विपरीत चलेको कार्यलाई वैधानिकता दिन सक्दैनौं। यो कसैले पनि दिन सक्दैन। विधानतः गयो भने राम्रो हुन्छ भन्न चाहन्छु।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×