ट्रेण्डिङ्ग:
|सर्वेक्षणहरू भन्छ, ‘राष्ट्रपति ट्रम्पको सामूहिक निर्वासनलाई अत्यधिक समर्थन’|जर्मनीले पौने सात अर्बको सहयोग गर्ने|अन्तर्राष्ट्रिय बजारमै सुनको भाउमा नयाँ रेकर्ड|मनसुन क्रमशः कमजोर हुँदै|फागुन २१ मै निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की|एक लाख डलर एच-१बि भिसा शुल्कले आप्रवासी कामदारहरूमा निर्भर ग्रामीण विद्यालय र अस्पतालहरू खतरामा|भारतमा भएको दुर्घटनामा दुई नेपालीको मृत्यु|राष्ट्रपति ट्रम्प भन्छन्: गार्ड तैनाथीको विरोध गर्ने इलिनोइसका गभर्नर र शिकागोका मेयरलाई जेल हाल्नु पर्छ|अमेरिकी दमनको बीचमा एल पासोका बिशपले आप्रवासीहरूबाट पोप लियो चौधौं हताश पत्रहरू ल्याए|नोबेल साहित्य पुरस्कार : स्विस उत्तरआधुनिकतावादी र अस्ट्रेलियाली लेखक प्रमुख दावेदार

भोटेकोशी बाढी : सडक कटान, जलविद्युतमा क्षति भोटकोशी र त्रिशूली नदीमा रहेका पुल जोखिममा परेका छन्। गोसाइँकुण्ड तातोपानी स्थित रसुवागढी जलविद्युत आयोजनाको पुल र कालिका गाउँपालिका–१ तथा उत्तरगया गाउँपालिका– १ जोड्ने त्रिशुली नदीको पक्की पुल दुवैको प्रोटेक्सन ग्याबिन वाल भत्किएकाले ती संरचना जोखिममा रहेका छन्।

रसुवा । चीनमा भारी वर्षा हुँदा रसुवाको भोटेकोशी नदीमा आकस्मिक बाढी आउँदा रसुवामा ठुलो क्षति भएको छ। प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार बुधबार बिहान करिब २ बजे भोटेकोशी नदी एक्कासी जलसतह बढेपछि बाढी आएको हो। बाढीले सडक संरचनामा क्षति गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकार द्रुर्व अधिकारीका अनुसार असार २४ गतेको बाढीले पहिल्यै क्षति पुयाएको स्याफ्रुबेशी–रसुवागढी सडकखण्ड पूर्णरुपमा अवरुद्ध बनेको छ। त्यस्तै मेदामुदुङ, कुलुङ, लिङलिङ, तातोपानी, टिमुरे, घट्टेखोला, भन्सार यार्ड प्रवेशद्वार तथा नेपाली सेनाको चेकपोष्ट आसपास गरी आठ स्थानमा करिब ५४० मिटर सडक कटान भएको छ। साथै स्याफ्रुबेशी – दोभान सडकखण्ड अन्तर्गत लाङटाङ जलविद्युत आयोजनाको प्लान्ट नजिक बाढीले बाटो कटान गर्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ।

भोटकोशी र त्रिशूली नदीमा रहेका पुल जोखिममा परेका छन्। गोसाइँकुण्ड तातोपानी स्थित रसुवागढी जलविद्युत आयोजनाको पुल र कालिका गाउँपालिका–१ तथा उत्तरगया गाउँपालिका– १ जोड्ने त्रिशुली नदीको पक्की पुल दुवैको प्रोटेक्सन ग्याबिन वाल भत्किएकाले ती संरचना जोखिममा रहेका छन्।

बाढीले गोसाइँकुण्ड- ५ स्थित रोङ्गा पुल नजिकै रहेको चारवटा काठका टहरा बगाएको र त्रिशूली थ्रीए र थ्री बी जलविद्युत आयोजना क्षेत्र पनि पुनः प्रभावित बन्दै हब स्टेशनमा थप क्षति भएको छ। बाढीले मानवीय क्षति भने नभएको प्रशासनले जनाएको छ।

  himalayanvoice.com | १५ श्रावण २०८२, बुधबार १०:५९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online