ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

भोटेकोशी बाढी : सडक कटान, जलविद्युतमा क्षति भोटकोशी र त्रिशूली नदीमा रहेका पुल जोखिममा परेका छन्। गोसाइँकुण्ड तातोपानी स्थित रसुवागढी जलविद्युत आयोजनाको पुल र कालिका गाउँपालिका–१ तथा उत्तरगया गाउँपालिका– १ जोड्ने त्रिशुली नदीको पक्की पुल दुवैको प्रोटेक्सन ग्याबिन वाल भत्किएकाले ती संरचना जोखिममा रहेका छन्।

रसुवा । चीनमा भारी वर्षा हुँदा रसुवाको भोटेकोशी नदीमा आकस्मिक बाढी आउँदा रसुवामा ठुलो क्षति भएको छ। प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार बुधबार बिहान करिब २ बजे भोटेकोशी नदी एक्कासी जलसतह बढेपछि बाढी आएको हो। बाढीले सडक संरचनामा क्षति गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकार द्रुर्व अधिकारीका अनुसार असार २४ गतेको बाढीले पहिल्यै क्षति पुयाएको स्याफ्रुबेशी–रसुवागढी सडकखण्ड पूर्णरुपमा अवरुद्ध बनेको छ। त्यस्तै मेदामुदुङ, कुलुङ, लिङलिङ, तातोपानी, टिमुरे, घट्टेखोला, भन्सार यार्ड प्रवेशद्वार तथा नेपाली सेनाको चेकपोष्ट आसपास गरी आठ स्थानमा करिब ५४० मिटर सडक कटान भएको छ। साथै स्याफ्रुबेशी – दोभान सडकखण्ड अन्तर्गत लाङटाङ जलविद्युत आयोजनाको प्लान्ट नजिक बाढीले बाटो कटान गर्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ।

भोटकोशी र त्रिशूली नदीमा रहेका पुल जोखिममा परेका छन्। गोसाइँकुण्ड तातोपानी स्थित रसुवागढी जलविद्युत आयोजनाको पुल र कालिका गाउँपालिका–१ तथा उत्तरगया गाउँपालिका– १ जोड्ने त्रिशुली नदीको पक्की पुल दुवैको प्रोटेक्सन ग्याबिन वाल भत्किएकाले ती संरचना जोखिममा रहेका छन्।

बाढीले गोसाइँकुण्ड- ५ स्थित रोङ्गा पुल नजिकै रहेको चारवटा काठका टहरा बगाएको र त्रिशूली थ्रीए र थ्री बी जलविद्युत आयोजना क्षेत्र पनि पुनः प्रभावित बन्दै हब स्टेशनमा थप क्षति भएको छ। बाढीले मानवीय क्षति भने नभएको प्रशासनले जनाएको छ।

  himalayanvoice.com | १५ श्रावण २०८२, बुधबार १०:५९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online