ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

बागमती कांग्रेस संसदीय दलको नेतामा ईन्द्रबहादुर बानियाँ निर्वाचित

मकवानपुर । बागमती कांग्रेस संसदीय दलको नेतामा ईन्द्रबहादुर बानियाँ निर्वाचित हुनुभएको छ । उहाँ प्रतिस्पर्धी प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई आठ मतान्तरले पराजित गर्दै दलको नेतामा निर्वाचित हुनुभएको हो ।

बाँनियाले २२ मत ल्याउँदा लामाले १४ मत ल्याउनुभयो । कुल ३७ मत खसेकोमा १ मत बदर भएको निर्वाचन अधिकृत हरिशरण श्रेष्ठले जानकारी दिनुभयो । संसदीय दलको नेताको निर्वाचनका लागि बुधबार दिउँसो २ देखि ३ बजेसम्म मतदान भएको थियो ।

संसदीय दलका नेता रहनु भएका लामाविरुद्ध मङ्गलबार मात्र अविश्वासको प्रस्ताव पारित भएको थियो । तामाङविरुद्ध अविश्वासको प्रस्ताव पारित भएसँगै नयाँ संसदीय दलको नेता चयनका लागि गोप्य मतदान भएको हो । कुल ११० सदस्यीय बागमती प्रदेश सभामा कांग्रेसको ३७ सिट रहेको छ ।

  himalayanvoice.com | १५ श्रावण २०८२, बुधबार ११:०३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online