ट्रेण्डिङ्ग:
|सर्वेक्षणहरू भन्छ, ‘राष्ट्रपति ट्रम्पको सामूहिक निर्वासनलाई अत्यधिक समर्थन’|जर्मनीले पौने सात अर्बको सहयोग गर्ने|अन्तर्राष्ट्रिय बजारमै सुनको भाउमा नयाँ रेकर्ड|मनसुन क्रमशः कमजोर हुँदै|फागुन २१ मै निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की|एक लाख डलर एच-१बि भिसा शुल्कले आप्रवासी कामदारहरूमा निर्भर ग्रामीण विद्यालय र अस्पतालहरू खतरामा|भारतमा भएको दुर्घटनामा दुई नेपालीको मृत्यु|राष्ट्रपति ट्रम्प भन्छन्: गार्ड तैनाथीको विरोध गर्ने इलिनोइसका गभर्नर र शिकागोका मेयरलाई जेल हाल्नु पर्छ|अमेरिकी दमनको बीचमा एल पासोका बिशपले आप्रवासीहरूबाट पोप लियो चौधौं हताश पत्रहरू ल्याए|नोबेल साहित्य पुरस्कार : स्विस उत्तरआधुनिकतावादी र अस्ट्रेलियाली लेखक प्रमुख दावेदार

एनआरएनए स्लोभेनियाको अध्यक्षमा वीरमान श्रेष्ठ निर्वाचित

 

स्लोभेनिया । गैर आवासीय नेपाली संघ (एनआरएनए) स्लोभेनियाको यसै साता सम्पन्न अधिवेशनले वीरमान श्रेष्ठ अध्यक्ष पदमा निर्वाचित भएका छन्। यसै साता सम्पन्न साधारणसभाबाट श्रेष्ठ अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

यसैगरी उपाध्यक्ष: गुनाखर गैह्रे, महासचिवमा इकेश महर्जन, सचिवमा कृष्ण रानाभाट कोषाध्यक्षमा गणेश थापा
सह-कोषाध्यक्ष पदमा बद्री ढुङ्गाना निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यहरूमा क्रमश: वरिष्ठ सल्लाहकारमा ध्रुवनारायण घिमिरे र सदस्यहरुमा बासुदेव पन्थी, कुमार श्रेष्ठ, गीता बस्नेत, गौरव गैह्रे निर्वाचित भएका छन् ।

नयाँ कार्यसमितिले युवा, खेलकुद तथा संस्कृति क्लबको स्थापना र स्लोभेनियाका विभिन्न क्षेत्रहरूमा रहेका नेपाली समुदायलाई थप प्रभावकारी रूपमा प्रतिनिधित्व गर्न ‘जिल्ला समन्वयकर्ताहरू’ नियुक्त गर्ने योजना तय गरेको छ ।

यसैगरी नया नेतृत्वले नेपाली भाषा र संस्कृति संरक्षणको लागि भाषा कक्षा तथा सांस्कृतिक कार्यक्रमहरू, आपतकालीन सहयोग कोष स्थापना र समुदायप्रति उत्तरदायी सेवा, विद्यार्थी तथा पेशागत व्यक्तिहरूको क्षमता विकास कार्यक्रम, नेपाल–स्लोभेनिया सम्बन्ध सुदृढ बनाउने पहल एकता, सहकार्य र समावेशी नेतृत्वको प्रवर्द्धन जस्ता थप योजना समेत सार्वजनिक गरेको छ ।

  himalayanvoice.com | १५ श्रावण २०८२, बुधबार १४:१२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online