ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

एनआरएनए स्पेनको अध्यक्षमा सन्तोष श्रेष्ठ सर्वसम्मत चयन

बार्सिलोना । गैर आवासीय नेपाली संघ (एनआरएनए) स्पेनको अध्यक्षमा सन्तोष श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । यसै साता बार्सिलोनामा सम्पन्न संघको नवौं अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । नव निर्वाचित अध्यक्ष श्रेष्ठ संघको सल्लाहकार र जनसम्पर्क समिति स्पेनका उपाध्यक्ष हुन् ।

स्याङ्जाको आधिखोला घर भई नेदरल्यान्डमा उच्च शिक्षा हासिल गरेका श्रेष्ठले स्पेनमा बसोबास गर्ने नयाँ नेपालीहरूका लागि तालिम, भाषा कक्षा सञ्चालन, भाषा पुस्तक वितरण, खेलकुद कार्यक्रमजस्ता विविध सहयोगी क्रियाकलापहरूमा महत्वपूर्ण भूमिका खेलेका थिए।

अधिवेशन स्पेनका लागि नेपाली राजदूत महामहिम सनिल नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

नवगठित कार्य समितिमा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) सदस्यमा रोशन पाठक, वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र भुजेल थापा
उपाध्यक्षमा जमुना देवी शर्मा र दीपक बस्नेत, महिला उपाध्यक्षमा मालती पन्थ, क्षेत्रीय उपाध्यक्षमा देवराज सापकोट, महासचिवमा नविन घिमिरे, उप–महासचिवमा शुभास बहादुर विष्ट, सचिवमा गणेश राज अधिकारी र प्रवीण लोहार चयन भएका छन् ।

यसै गरि सचिवमा, दिलकुमारी तामाङ, नवराज दुवाडी, कोषाध्यक्षमा नारायण प्रसाद सुवेदी, सह–कोषाध्यक्षमा सुमन खड्का, महिला संयोजकमा लक्ष्मी घिमिरे शर्मा, युवा संयोजकमा दिपिका श्रेष्ठ र युवा उपसंयोजकमा प्रल्हाद कार्की चयन भएका छन् ।

सदस्यहरूमा मोहनराज गौतम, चन्द्रकान्त पोखरेल, भीमसेन कार्की, विष्णु बहादुर सार्की र सम्भर बहादुर गिरी चयन भएका छन् ।

  himalayanvoice.com | १६ श्रावण २०८२, बिहीबार १३:५७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online