ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

एसियाली पारा तेक्वान्दोमा पलेशालाई कांस्य

काठमाडौँ । पलेशा गोबर्धनले १०औँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जि–४) मा कांस्य पदक जित्नुभएको छ ।

मलेसियामा सम्पन्न च्याम्पियनसिपमा शुक्रबार पलेशाले कांस्य पदक जित्नुभएको हो । पेरिस पारालिम्पिककी ऐतिहासिक कांस्य विजेता पलेशाले के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि उज्वेकिस्तानकी जुरेवा कमोलालाई पराजित गरी कांस्य जितेको प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिनुभयो ।

चीनको साङ्घाईमा अध्ययन गरिरहनुभएकी पलेशा त्यत्तैबाट सहभागी हुन मलेसिया पुग्नुभएको हो । जुलाइ २४ देखि अगस्ट १ तारिखसम्म सञ्चालित च्याम्पियनसिपमा पलेशासहित नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

पुरुष ५८ केजीमुनि भरतसिंह महता तथा ६३ केजीमुनि अमिर भ्लोन तथा महिला ४७ केजीमुनि कामना प्रसाईं र रेणु तामाङले प्रतिस्पर्धा गर्नुभएको थियो ।

नेपाली टोलीको व्यवस्थापकमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य रामचन्द्र श्रेष्ठ रहनुभएको थियो ।

  himalayanvoice.com | १८ श्रावण २०८२, शनिबार ०९:००

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online