ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

एनआरटी र चर्च ब्वाइज विजयी

काठमाडौँ । न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेड क्लबले एन्फा यु–१६ युथ लिग फुटबलमा जित निकालेको छ ।

सातदोबाटोस्थि एन्फा मैदानमा मङ्गलबार भएको खेलमा एनआरटीले सातदोबाटो युथ क्लबमाथि १–० गोलको जित निकाल्यो । अर्को खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पा क्लबलाई २–० गोलले स्तब्ध बनायो ।

एनआरटीलाई जिताउन सुगम रानाले निर्णायक गोल गर्नुभयो । सुगमले ४४औँ मिनेटमा गर्नुभएको गोल टोलीको जितमा प्रयाप्त बनेको थियो । जितसँगै एनआरटीले ११ खेलबाट १२ अङ्क बनाएको छ । सातदोबाटो समान खेलमा अङ्कविहीन छ ।

यस्तै अर्को खेलमा चर्च ब्वाइजलाई जिताउन जित दिलाउन सुशन थापामगरले ४९औँ र र सुनिल दङ्गालले ८०औँ मिनेटमा गोल गर्नुभएको थियो । यता पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको शेर्पा दोस्रो हाफमा १० खेलाडीमा समेटिएको थियो ।

६२औँ मिनेटमा प्रज्वलप्रताप क्षेत्री दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि शेर्पाको गोल फर्काउने योजना सफल भएन । जितसँगै चर्च ब्वाइजले ११ खेलबाट २० अङ्क बनाएको छ । पराजित हिमालयन शेर्पाको समान खेलबाट १४ अङ्क छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गरेको लिगमा ‘ए’ डिभिजनका १४ क्लबको सहभागिता रहेको छ । लिगको विजेता टोलीले एक लाख रुपियाँ र उपविजेता ५० हजार रुपियाँ पुरस्कार पाउने छ ।

यस्तै व्यक्तिगत विधाका उत्कृष्ट खेलाडी र अनुशासित टोलीलाई १५/१५ हजार रुपियाँ प्रदान गरिने एन्फाले जनाएको छ ।

  himalayanvoice.com | २१ श्रावण २०८२, मंगलवार ११:१४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online