ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

पहिरोले पाल्पा–बुटवल खण्ड सडक अवरुद्ध पहिरोका कारण सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध भएको छ । यस सडकखण्डअन्तर्गतका विभिन्न ठाउँमा पहिरो खसेको छ ।

गुल्मी । लगातारको वर्षाका कारण पहिरो जाँदा मदनभण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडक बन्द भएको छ । 

उक्त सडकअन्तर्गत रुरुक्षेत्र गाउँपालिका–३, बाख्रेभीरमा पहिरो खसेपछि उक्त सडक अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनुभयो ।

रिडी–तम्घास सडकखण्ड फराकिलो बनाउने काम भइरहेको छ । त्यसैगरी, आज बिहानदेखि अवरुद्ध बनेकोे कालीगण्डकी काेरिडोर, रिडी–वामीटक्सार र रिडी–खज्र्याङ् सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो ।

तीन दिनदेखि गुल्मीसहित आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ । बाढी र पहिरोको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले तटीय क्षेत्रका नागरिकलाई सचेत रहन आग्रह गरेको छ ।

पाल्पा–बुटवल खण्ड अवरुद्ध

पहिरोका कारण सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध भएको छ । यस सडकखण्डअन्तर्गतका विभिन्न ठाउँमा पहिरो खसेको छ ।

सिद्धबाबा क्षेत्रका तीन ठाउँमा ढुङ्गासहितको पहिरो खसेकाले सोमबार साँझदेखि सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रवीण आचार्यले बताउनुभयो । तिनाउ गाउँपालिका–३, दोभान प्रहरीचौकी नजिक पहिरो खसेको छ । निरन्तर पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको छ ।

सोमबार पहिरो पन्छाएर एकतर्फी सवारी साधन सञ्चालनमा ल्याए पनि रातिदेखि पुनः सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि स्याङ्जा, पोखरा, बागलुङ, गुल्मी, अर्घाखाँचीलगायत स्थानबाट गुडेका सवारी साधन बाटोमै थन्किएका छन् । विभिन्न ठाउँमा पहिरो र ढुङ्गा खस्ने जोखिम कायमै रहेकाले जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । रासस

  himalayanvoice.com | २१ श्रावण २०८२, मंगलवार ११:१७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online