ट्रेण्डिङ्ग:
|नेपाली भूमि छिमेकीविरुद्ध दुरुपयोग हुन दिँदैनौँ : अर्थमन्त्री वाग्ले|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वीरगञ्ज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात|हिमाली र पहाडी भूभागमा आंशिक बादल , तराई क्षेत्रमा तातो लहरको सम्भावना|संघीय पुनरावेदन अदालतले क्यालिफोर्नियाको संघीय एजेन्टहरूले परिचयपत्र लगाउनुपर्ने कानूनलाई रोक लगायो|सैन्य पारिवारिक उदारता घट्दै जाँदा टेक्सासमा एक आर्मी सार्जेन्टकी श्रीमती आइस हिरासतमा|गीताको मृत्यु प्रकरण :मेडिकल काउन्सिलले बनायो छानबिन समिति|प्रमुख प्रतिपक्षको भूमिका पूरा गर्छौं : सभापति थापा|गृहमन्त्री गुरुङले दिए पदबाट राजीनामा|ओमानसँग नेपाल पराजित

बत्तीको उज्यालोले मात्र देश उज्यालो हुने रहेनछ: कुलमान घिसिङ

टेक्सास । उज्यालो नेपालका अभियन्ता एवं नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली बत्तीको उज्यालोले मात्र देश उज्यालो नहुने बताएका छन्। अमेरिकामा रहेका नेपालीहरूसँग भेटघाट तथा संवादमा व्यस्त घिसिङ आइतबार टेक्सासको राजधानी अस्टिन आइपुगेका थिए ।

मध्यपूर्वदेखि अमेरिका हुँदै युरोपसम्मका नेपालीहरूलाई समेट्ने भेटघाट कार्यक्रम अन्तर्गत अस्टिनमा ‘ग्रेटर अस्टिन चेम्बर अफ कमर्स’ द्वारा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै घिसिङले आफू सक्रिय राजनीतिमा प्रवेश गर्ने संकेत गरे।

नेपालमा लामो समय लोडसेडिङको समस्या हटाएर लोकप्रियता कमाएका घिसिङले वर्तमान राजनीतिक नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै देशमा अब विश्वासिलो नेतृत्वको आवश्यकता रहेको धारणा राखे।

‘उज्यालो नेपाल’ अभियानको उद्देश्य स्पष्ट पार्दै उनले यो स्वतन्त्र अभियानमा अमेरिकावासी नेपालीहरूको समर्थन अपेक्षा गरेका छन्। “यो स्वतन्त्र अभियान हो, जसले मुलुकमा राम्रो नेतृत्व जन्माउनेछ। यसमा सबै नेपालीको सहयोगको अपेक्षा गर्दछु,” उनले भने।

बिजुलीको उज्यालो मात्रले देश प्रगति नहुने भन्दै उनले देशका प्रत्येक क्षेत्रमा प्रकाश फैलाउने अभियान रहेको उल्लेख गरे।

प्रवासमा रहेका नेपालीहरूको नागरिकता, लगानी, र अन्य गुनासालाई आफूले पहिलो प्राथमिकतामा राखेको बताउँदै उनले प्रश्न गरे, “जब नेपाली नै नेपालमा लगानी गर्न हिच्किचाउँछन् भने विदेशी कसरी लगानी गर्ने?” उनले भारत र चीनले प्रवासी नागरिकको सीप र विज्ञताबाट लाभ उठाएको उदाहरण पनि प्रस्तुत गरे।

“तपाईंहरूबाट देशले ठूलो अपेक्षा राखेको छ। तपाईंहरूको आवाजलाई प्रतिनिधित्व गर्दै मुलुक निर्माणमा सहयोग गर्ने मेरो प्रतिबद्धता हो,” उनले जोड दिए। “प्रवासमा बसे पनि नेपाली नै भएर बसौँ,” उनले आग्रह गरे।

कार्यक्रम ग्रेटर अस्टिन कमर्सका अध्यक्ष सिपी पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।

  himalayanvoice.com | २१ श्रावण २०८२, मंगलवार १३:४२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online