ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा एकतर्फी गाडी चल्न थाले

नवलपुर । लगातारको वर्षाले अवरद्ध भएको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्डमा यात्रा केही सहज भएको छ । पानी रोकिएका कारण बुधबार बिहानदेखि केही सहज रुपमा एकतर्फी गाडी चल्न थालेको नवलपुर प्रहरीले जनाएको छ ।

सोमबार बिहान ७ः३० बजेदेखि चिप्लो भएर गाडी गुड्न नसकी एकतर्फी भएको राजमार्ग दिउँसो १ बजेदेखि पहिरो खसेका कारण र पहिरो पन्छाएपछि गाडी बिग्रेर अवरुद्ध भएको थियो ।

‘‘बिहानदेखि एकतर्फी गाडी चल्न थालेका छन् तर कतिबेला के हुन्छ भन्नै सकिन्न,’’ जिल्ला ट्राफिक कार्यालयका प्रमुख, प्रहरी निरीक्षक जनकराज बन्जराले भन्नुभयो । सोमबारको तुलनामा मङ्गलबार सडक झन बिग्रिएको थियो । बन्जराका अनुसार विनयी त्रिवेणी गाउँपालिका–२ विश्वकर्मा मन्दिर नजिकैको बाटोमा निरन्तर अवरोध हुँदै आएको छ ।

तीन दिनदेखि लगातार परेको पानीले बाटो हिलो र चिप्लो भएको छ भने पानीले बाटोका माटो र गेग्रान बगाएर खाल्टा खुल्टी भएकाले गाडीहरु गुड्न नसकेका हुन् ।

दाउन्नेको १४ किलोमिटर सडक खण्ड केन्द्रित रहेर अहिले सडक विस्तारको काम भए पनि यहाँ सडक ढलान तथा कालो पत्रे हुन नसक्दा सामान्य पानीमा पनि बाटो हिलो हुने र घाम लाग्दा धुलाम्य हुने समस्या छ ।

१४ किलोमिटर सडक खण्डमध्ये पश्चिम तर्फ ३ किलोमिटर बाटो कालोपत्रे भएको छ भने पूर्व र पश्चिम खण्डमा गरी करिब २ किलोमिटर सडक एकतर्फी ढलान भएको छ ।

  himalayanvoice.com | २१ श्रावण २०८२, मंगलवार २२:५४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online