स्याङ्जा । पुतलीबजार नगरपालिका–१२ राङखोलाबाट बिरुवा सदरमुकाम जाने सडक भाँसिएको छ । यो सडक बिरुवा हुँदै तनहु जोड्ने सडक समेत हो ।
लगातारको वर्षाका कारण सडकको छेउ तर्फको एक मिटर चौडाई र ३५ लम्बाई भाँसिएको बिरुवा गाउँपालिका अध्यक्ष सूर्यप्रसाद कुँवरले बताउनुभयो ।
राङखोला र धोवादी बिचमा रहेको रातोपहरा भन्ने स्थानमा ठुलो पहिरो गएको पहिलोसँगै सडक भासिएको कुँवरले बताउनुभयो ।
उहाँले सडक ५० मिटर माथिबाट ६० मिटर लम्बाई पहिलो समेत गएको र तीन दिनबाट बाटो अवरुद्ध भएको बताउनुभयो ।
मङ्गलबार डिभिजन सडकको एक्साभेर र रक्तकुण्ड निर्माण सेवाको जेसीबी र दुई वटा ट्रिपर प्रयोग गरेर खोल्ने प्रयास गरेपनि वर्षाले सम्भव नभएको कुँवरले बताउनुभयो ।
मनसुन राम्रो भएको अब एक दुई दिनमा बाटो खुल्ने उहाँको भनाइ थियो । घुम्ती रहेको र माथिबाट तल्लो घुम्ती र फेरि तल्लोमा माटो र ढुङ्गा जाने भएकाले पहिलो पन्छाउने असहज भएको हो ।
यहाँ साउन १३ गतेबाट बाटो अवरुद्ध भएको र तीन दिनमा खुलेको बताउँदै कुँवरले एक दिन खुलेसँगै वर्षले फेरि बन्द भएको बताउनुभयो ।
बाटो अवरुद्ध भएकाले पालिकाले बिरुवा क्षेत्रका सर्वसाधारण, यात्रु र सवारी चालकहरूलाई सावधानी अपनाउन, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह समेत गरेको छ ।
प्रतिक्रिया