ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

दक्षिण कोरियामा पाँच हजार तीन सय नेपाली कामदारको माग

काठमाडौँ । दक्षिण कोरियामा सन् २०२५ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत पाँच हजार तीन सय नेपाली श्रमिकलाई लैजान आवेदन माग गरेको छ । दक्षिण कोरिया सरकारको श्रम संसाधन विभागले सन् २०२५ मा उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा काम गर्न यो सङ्ख्यामा कोटा मागेको हो ।

वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस शाखाका अनुसार दक्षिण कोरियामा साना तथा मझौला उद्योगमा विदेशी श्रमिक अभाव हुन थालेपछि पाँच हजार तीन सयमध्ये उत्पादनमूलक क्षेत्रका लागि तीन हजार पाँच सय र कृषि तथा पशुपालन क्षेत्रका लागि एक हजार आठ सय जनाको लिइने छ ।

इपिएस शाखाका अनुसार आवेदन यही साउन २६ देखि ३१ सम्म दिन सकिने छ । हाललाई पाँच हजार तीन सय माग गर्ने गरी कोटा तोकिए पनि कोरियाका रोजगारदाताको माग अनुसार उत्तीर्ण सङ्ख्या थपघट हुन सक्ने पनि सो शाखाले जनाएको छ ।

 

  himalayanvoice.com | २१ श्रावण २०८२, मंगलवार २३:०१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online