ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

उत्तराखण्डमा बाढीपहिरो : बर्दियाका चार जना बेपत्ता

बर्दिया । भारतको उत्तराखण्डस्थित पौडी जिल्लाको वाकुडामा पर्ने बिनु नदीमा बुधबार बिहान आएको बाढीपहिरोका कारण बर्दियाको एकै परिवारका तीनसहित चार जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा मधुवन नगरपालिका– ६ का करिब ४० वर्षका नरेन्द्र खड्का, उहाँकी श्रीमती ३२ वर्षीया सरस्वती खड्का, दुई वर्षीय रोशन खड्का र मधुवन नगरपालिकाकै वडा नम्बर ५ बस्ने अमृता परियार छन् ।

कामको सिलसिलामा उत्तराखण्ड पुगेका उनीहरूलाई बुधबार बिहान आएको बाढीपहिरोले बगाएको उत्तराखण्डस्थित वाकुडामा कार्यरत चित्रबहादुर पौडेलले बताउनुभयो । पौडेलले अहिले बेपत्ताको खोजीमा आफूहरूसहित भारतीय प्रहरी र स्थानीय लागेको जानकारी दिनुभयो । खड्कासहित गाउँका अन्य व्यक्तिहरु उत्तराखण्डमा सडकको काम गर्न पुगेको स्थानीयहरुले बताएका छन् ।

यता घरमा रहेका नरेन्द्रका बुवा चूडामणि खड्काले छिमेकीले आफ्नो छोरा बुहारी र नातिलाई पहिरोले बगाएको भन्ने थाहा पाएका कारण आफू छोराको खोजीका लागि उत्तराखण्ड जान लागेको बताउनुभयो । बुधबार आएको बाढीपहिरोले बगाउँदा खड्का परिवार बेपत्ता भएको भए पनि खोजी कार्य जारी रहेको उहाँले बताउनुभयो । वाकुडामा मधुवन नगरपालिकासहित बर्दिया जिल्लाका करिब ४५ जना श्रमिकहरु कार्यरत रहेको बुझिएको छ ।

  himalayanvoice.com | २३ श्रावण २०८२, बिहीबार ०१:२७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online