ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

उत्तराखण्डमा बाढीपहिरो : बर्दियाका चार जना बेपत्ता

बर्दिया । भारतको उत्तराखण्डस्थित पौडी जिल्लाको वाकुडामा पर्ने बिनु नदीमा बुधबार बिहान आएको बाढीपहिरोका कारण बर्दियाको एकै परिवारका तीनसहित चार जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा मधुवन नगरपालिका– ६ का करिब ४० वर्षका नरेन्द्र खड्का, उहाँकी श्रीमती ३२ वर्षीया सरस्वती खड्का, दुई वर्षीय रोशन खड्का र मधुवन नगरपालिकाकै वडा नम्बर ५ बस्ने अमृता परियार छन् ।

कामको सिलसिलामा उत्तराखण्ड पुगेका उनीहरूलाई बुधबार बिहान आएको बाढीपहिरोले बगाएको उत्तराखण्डस्थित वाकुडामा कार्यरत चित्रबहादुर पौडेलले बताउनुभयो । पौडेलले अहिले बेपत्ताको खोजीमा आफूहरूसहित भारतीय प्रहरी र स्थानीय लागेको जानकारी दिनुभयो । खड्कासहित गाउँका अन्य व्यक्तिहरु उत्तराखण्डमा सडकको काम गर्न पुगेको स्थानीयहरुले बताएका छन् ।

यता घरमा रहेका नरेन्द्रका बुवा चूडामणि खड्काले छिमेकीले आफ्नो छोरा बुहारी र नातिलाई पहिरोले बगाएको भन्ने थाहा पाएका कारण आफू छोराको खोजीका लागि उत्तराखण्ड जान लागेको बताउनुभयो । बुधबार आएको बाढीपहिरोले बगाउँदा खड्का परिवार बेपत्ता भएको भए पनि खोजी कार्य जारी रहेको उहाँले बताउनुभयो । वाकुडामा मधुवन नगरपालिकासहित बर्दिया जिल्लाका करिब ४५ जना श्रमिकहरु कार्यरत रहेको बुझिएको छ ।

  himalayanvoice.com | २३ श्रावण २०८२, बिहीबार ०१:२७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online