ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

पहिरो खस्दा मध्यपहाडीको लमजुङ–पोखरा सडकखण्ड अवरुद्ध

लमजुङ । सुख्खा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको लमजुङ–पोखरा सडक खण्ड अवरुद्ध भएको छ । बिहीबार बिहान मध्यनेपाल नगरपालिका–९ बिमिरेभञ्याङमा माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएको हो ।

बिहान ७ः३० बजेतिर रुख र चट्टानसहितको ठूलो पहिरो खसेको थियो । अहिले पनि ससाना पहिरो र ढुङ्गाहरु झरिरहेको स्थानीयले बताएका छन् । स्थानीय सुरज गुरुङका अनुसार पहिरोले लमजुङबाट पोखरा जान लगेका र पोखराबाट लमजुङतर्फ आएका सवारी साधनहरु पहिरोले रोकिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकुमार शाह तेलीले पहिरो हटाएर सडक खुलाउनका लागि पहल भइरहेको बताउनुभयो । उहाँले सवारी साधनहरुलाई वैकल्पिक मार्ग प्रयोग गरेर पठाइएको बताउनुभयो ।

  himalayanvoice.com | २३ श्रावण २०८२, बिहीबार ०१:३२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online