ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

उत्तराखण्डमा धादिङका चारजना सम्पर्कविहीन

धादिङबेंसी । भारतको उत्तराखण्डमा धादिङका चारजना पनि सम्पर्कविहीन भएका छन् । धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार ज्वालामुखी गाउँपालिका–२ काफलपानीका चार जना सम्पर्कविहीन भएका हुन् ।

सम्पर्कविहीन हुनेहरुमा लालबहादुर तामाङ, छोलामा तामाङ, फेलामा तामाङ र सिंहबहादुर तामाङ रहेका छन् ।

उनीहरू कामका लागि उत्तराखण्ड गएको र सम्पर्कविहीन भएको भनेर उनीहरुकै परिवारका सदस्यहरुबाट जानकारी पाएको प्रमुख जिल्ला अधिकारी घिमिरे बताउनुभयो ।

उहाँका अनुसार खोजीका लागि गृह मन्त्रालयमार्फत् भारतीय दूतावासलाई आग्रह गरिएको छ ।

साउन २० गते धराली बजारमा आएको बाढीले ठूलो जनधनको क्षति पुगेको छ । त्यहाँ खोज तथा उद्धार कार्य जारी छ । उनीहरू पनि त्यहीँ फसेको हुनसक्ने आशङ्का गरिएको छ ।

  himalayanvoice.com | २४ श्रावण २०८२, शुक्रबार ०१:५६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online