ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

नेपालद्वारा साउदी १–० गोलले पराजित

काठमाडौँ । नेपालले एएफसी महिला यु–२० एसियन कप छनोटमा जित हासिल गरेको छ।

भुटानको थिम्पुस्थित चामलिमिथाङ रङ्गशालामा आज भएको समूह ‘ए’को दोस्रो खेलमा नेपालले साउदी अरबलाई १–० गोलले हराउँदै जित हासिल गरेको हो। योसँगै नेपालले दुई खेलमा चार अङ्क जोडेको छ।

पहिलो खेलमा नेपाल घरेलु टोली भुटानसँग १–१ को बराबरीमा रोकिएको थियो। यस जितसँगै नेपालले अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी एसियन कपमा छनोट हुने सम्भावनालाई कायमै राखेको छ। त्यस्तै, यस हारसँगै साउदी भने एक खेलअगावै प्रतियोगिताबाट बाहिरिएको छ।

नेपालको जितमा सुक्रिया मियाँले गोल गरिन्। उनले खेलको दोस्रो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा गोल गर्दै नेपाललाई जित दिलाइन्। अब नेपालले आइतबार उत्तर कोरियासँग खेल्नेछ।

  himalayanvoice.com | २४ श्रावण २०८२, शुक्रबार १०:५९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online