ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

मधेशमा पानी परेपछि धान रोपाइँ दोब्बर

जनकपुर । पानी परेपछि मधेश प्रदेशमा धान रोपाइँ भएको क्षेत्रफल करिब दोब्बर भएको छ । यसै साता भएको भारी वर्षा र त्यसपछिका नियमित सामान्य वर्षाले धान रोपाइँ बढेको हो । मधेश प्रदेशमा साउन १६ गतेदेखि २३ गते शुक्रबारसम्म सात दिनमै ३३.८१ प्रतिशत विन्दुले बढेर अहिलेसम्ममा कुल खेतीयोग्य जमिनको ७६.५४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भइसकेको कृषि विकास निर्देशनालय नकटाझिझले जनाएको छ । गत १६ गतेसम्म मधेशमा कुल ४२.७३ प्रतिशत हेक्टर क्षेत्रफल जग्गामा मात्र धान रोपाइँ भएको थियो ।

अघिल्लो सातासम्म मधेशमा ५७.२७ प्रतिशत हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमा धान रोपाइँ बाँकी रहेकामा २३.४६ प्रतिशत मात्र धान रोपाइँ गर्न बाँकी रहेको मधेश प्रदेशको कृषि विकास निर्देशनालय नकटाझिझका प्राविधिक सहायक प्रतिभाकुमारी यादवले बताउनुभयो ।

पानी परेपछि सबै कामलाई थाति राखेर धान रोपाइँमा लागेकाले धेरै खेत रोपेको कमलाका किसान इन्द्रदेव यादवले बताउनुभयो । “एक बिघामध्ये अब पाँच कट्ठामा मात्र रोप्न बाँकी रहेको छ । खेत भिजेको छ । हिलाम्मे गर्न थौरबहुत पानी आए त्यो पाँच कट्ठामा रोपाइँ सक्छु,” उहाँले भन्नुभयो । अर्का किसान कारी यादवका अनुसार अब एक पटक फेरि राम्रो वर्षा भयो भने यो वर्षको पूरै धान खेती सकिने बताउनुभयो । “खेतमा चिस्यान पुगेको छ तर धान रोप्ने गरी हिल्याउन थप पानीका लागि नहर, कुलोपैनी, स्यालो ट्युबेल, डिप बोरिङ चलाउनु पर्ला । आकाशबाटै आए त झनै आनन्द हुने थियो,” उहाँले भन्नुभयो । मधेश प्रदेशमा कुल तीन लाख ७२ हजार ६४५ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ ।

  himalayanvoice.com | २६ श्रावण २०८२, आईतवार १०:४३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online