ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

ताप्लेजुङ गोल्डकप : सिराहाको सलहेश युवा क्लब फाइनलमा प्रवेश

ताप्लेजुङ । ताप्लेजुङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप प्रतियोगितामा सिराहाको सलहेश युवा क्लब फाइनलमा प्रवेश गरेको छ ।

आज सम्पन्न खेलमा झापाको रेड स्टार क्लबलाई २—० गोल अन्तरले पराजित गर्दै सिराहा फाइनलमा प्रदेश गरेको हो । खेल सुरु भएको १३औं र ४८औँ मिनेटमा सिराहाको युसुफ मल्लिकले गरेको गोल नै आजको निर्णायक बन्यो ।

लाखे जात्राको अवसरमा लाखे जात्रा सञ्चालन समितिद्वारा सञ्चालन भइरहेको प्रतियोगितामा साउन ३१ गते शनिवार फाइनल खेल हुने भएको छ । फाइनल खेलमा सिराहा सलहेश क्लब र चर्च ब्वाईज क्लब ललितपुरबीच प्रतिस्पर्धा हुने लाखे जात्रा सञ्चालक समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो ।

चर्च ब्वाईजले द योङ ब्रदर्श क्लब सुनसरीलाई ३—१ अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।

आजको खेलको ‘म्यानअफ दि म्याच’ सलेहेशका खेलाडी युसुफ मल्लिक भए । मल्लिकले ७ हजार प्राप्त गरे ।

यस वर्षको गोल्डकप विजेताले नगद ७ लाख २ हजार ८२ र उपविजेताले ३ लाख ५० हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

त्यस्तै खेलमा सर्वोत्कृष्ट बन्ने खेलाडीले बाइक समेत प्राप्त गर्ने छ । प्रतियोगितामा भारतका एकसहित नेपालका चार वटा प्रदेशका प्रतिष्ठित क्लबको सहभागिता रहेको थियो ।

ताप्लेजुङमा २०२२ सालदेखि यो प्रतियोगिता हुँदै आएको छ । जिल्लाको ६० वर्ष लामो फुटबल इतिहासमा कहिले लाखे जात्रा हिले फुटबल प्रतियोगिता, कहिले पाथीभर गोल्डकप त कहिले ताप्लेजुङ गोल्डकप रूपमा सञ्चालन हुँदै आएको आयोजकहरूले बताउने गरेका छन् ।

  himalayanvoice.com | ३० श्रावण २०८२, बिहीबार २२:२०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online