ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

प्रतिवेदन कार्यान्वयनका लागि सभामुखको निर्देशन

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सङ्घीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनको कुलिङ पिरियड सम्बन्धमा त्रुटि भएको भन्ने विषयमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका लागि निर्देशन दिनुभएको छ ।

सभामुख घिमिरेले सबै दलका संसदीय कार्यालयहरू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सङ्घीय संसद् सचिवालयलाई आवश्यक कार्यान्वयनका लागि पठाउन प्रतिनिधि सभाका सचिव हर्कराज राईलाई निर्देशन दिनुभएको हो ।

सभामुखले घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूको सुझाव अनुसार आज संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकाय र मन्त्रालयमा पठाउन सभाका सचिव राईलाई निर्देशन दिनुभएको सभामुखको सचिवालयले जनाएको छ ।

 

  himalayanvoice.com | ३१ श्रावण २०८२, शुक्रबार १०:१८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online