ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

पार्टी महाधिवेशनका लागि सबैले दबाब दिनुपर्ने आवश्यकता छ : डा शेखर कोइराला

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशनका लागि पार्टी नेता तथा कार्यकर्ताले दबाब दिनुपर्ने अवस्था आएको बताउनुभएको छ । उहाँले महाधिवेशनका लागि दैनिक सामाजिक सञ्जालमार्फत सभापति शेरबहादुर देउवालाई दबाब दिन र आवाज उठाउन आग्रह गर्नुभएको हो ।

काँग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुले आज यहाँ आयोजना गरेको नेपाली ‘काँग्रेसभित्र अपरिहार्यता, सहमति, सहकार्य र एकता आजको आवश्यकता’ विषयक अन्तरक्रियामा नेता कोइरालाले काँग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने र त्यसको प्रत्यक्ष असर देशमा पर्ने भएकाले महाधिवेशन ढिलो गर्न नहुने बताउनुभयो ।

नेता डा कोइरालाले विसं २०८४ पछि मात्रै महाधिवेशन गर्ने भन्ने चर्चा पार्टीभित्र सुनिन थालेकामा आपत्ति जनाउँदै त्यसरी पार्टी चल्न नसक्ने स्पष्ट पार्नुभयो । साथै, पार्टीको अनुशासन समिति नै गुटगत प्रभावमा परेको र ‘नोट अफ डिसेन्ट’लाई समेत मान्यता नदिएको उहाँको आरोप थियो ।

डा कोइरालाले पार्टीभित्र सहमति, सहकार्य र सङ्गठनात्मक एकता अनिवार्य रहेको उल्लेख गर्दै त्यसको सुरुआत सभापतिबाटै हुनुपर्नेमा जोड दिनुभयो । काँग्रेसलाई एक ढिक्का बनाएर अगाडि बढाउन १५औँ महाधिवेशन समयमै हुनुपर्ने उहाँको भनाइ थियो ।

 

  himalayanvoice.com | ३२ श्रावण २०८२, शनिबार ०९:३२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online