ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

लस एन्जलसमा हाई स्कूलका विद्यार्थी अध्यागमन एजेन्टहरूको हिरासतमा रेसेडा चार्टर हाई स्कूलमा पढ्ने बेन्जामिन मार्सेलो गुरेरो-क्रुज अध्यागमन एजेन्टहरूले हिरासतमा पुगेपछि उनको परिवारलाई कानुनी सहायता र अन्य आवश्यक सहयोगका लागि मद्धत गर्न "गो फन्ड मि" अभियान सुरु गरिएको छ ।

लस-एन्जलस । लस एन्जलसको एक हाई स्कूलका १८ वर्षीय विद्यार्थीलाई संघीय अध्यागमन एजेन्टहरूले हिरासतमा लिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

रेसेडा चार्टर हाई स्कूलमा पढ्ने बेन्जामिन मार्सेलो गुरेरो-क्रुज गत हप्ता आफ्नो कुकुरलाई घुमाउँदै गर्दा नकाबधारी अध्यागमन एजेन्टहरूले उनलाई नियन्त्रणमा लिएका थिए ।

रेसेडा चार्टर हाई स्कूलमा पढ्ने बेन्जामिन मार्सेलो गुरेरो-क्रुज अध्यागमन एजेन्टहरूले हिरासतमा पुगेपछि उनको परिवारलाई कानुनी सहायता र अन्य आवश्यक सहयोगका लागि मद्धत गर्न “गो फन्ड मि” अभियान सुरु गरिएको छ ।

प्रत्यक्षदर्शीहरुका अनुसार एजेन्टहरूले उनको कुकुरलाई रूखमा बाँधेर त्यसको कलर खोलेका थिए, जसले गर्दा कुकुर सेपुल्वेदा बुलेभार्डमा भाग्न सकेको थियो।

गो फन्ड मिले सामाजिक संजालको पोस्टले दिएको जानकारी अनुसार गुरेरो-क्रुजले आफ्ना ५ महिनाका जुम्ल्याहा भाइहरू र ६ वर्षीय भाइको हेरचाह गर्न मद्धत गर्दै आएका थिए । पोस्टमा उनलाई “समर्पित छोरा, हेरचाह गर्ने भाइ, वफादार साथी र हाम्रो समुदायको एक मूल्यवान सदस्य” भनेर उनको पक्षमा पैरवी गरिएको छ।

  himalayanvoice.com | ३२ श्रावण २०८२, शनिबार १०:४२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online