ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

एनआरएनए बेल्जियमको अध्यक्षमा कमल पन्थी निर्वाचित

ब्रसेल्स। गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको अध्यक्षमा कमल पन्थी सर्व सम्मत निर्वाचित भएका छन्। गैर आवासिय नेपाली संघ राष्ट्रीय समन्वय परिषद बेल्जियमको १८ औँ बार्षिक साधारण सभाले कमल पन्थीलाई सर्वसम्मतिमा २०२५-२७ कार्यकालको लागि अध्यक्ष पदमा निर्वाचित गरेको हो ।

नवनिर्वाचित अध्यक्ष पन्थीको नेपाल घर रेसुंगा नगरपालिका वडा नं ९ उपल्लो तमघास गुल्मी भएपनि लामो समय देखि बेल्जियममा ब्यापार ब्याबसाय गर्दै आएका छन् ।

सर्वसम्मतिले चयन गरिएको कार्यसंतिमा साबित्रा गिरि आइसीसी सदस्य, राजेन्द्र कार्कि उपाध्यक्ष, सन्जय श्रेष्ठ देवु उपाध्यक्ष, कुमार जोशि उपाध्यक्ष, रबिन पण्डित उपाध्यक्ष, सुर्य गुरुगँ उपाध्यक्ष (आदिवासी), सरस्वती सुबेदी उपाध्यक्ष (महिला), क्षितिज भट्टराइ उपाध्यक्ष (युवा), रमेश दाहल महासचिव रहेका छन् ।

अन्य पदहरुमा डा. राजु श्रीवास्तबः उप महासचिव, राजन दनै सचिव, बुद्ध अधिकारी, सचिव, बेन्जु उप्रेति, सचिव (महिला), सबिन न्यौपान कोषाध्यक्ष, दिबस ढकाल युवा संयोजक, सुमित्रा घिमिरे पाण्डे महिला संयोजक निर्वाचित भएका छन् ।

सदस्यहरूमा सीता दाहाल, राधिका श्रेष्ठ अधिकारी, रमेश राज लामिछाने, राजु घिमिरे, बिष्णु सापकोटा र क्षेत्रीय संयोजकहरुमा कमल सापकोटा, राजेन्द्र घिमिरे, सुबास तामागँ, अच्युत पौडेल, सागर बिष्ट र अन्जु ठकुरी निर्वाचित भएका छन् ।

साधारण सभामा प्रमुख अतिथीको रुपमा नेपाली राजदुत सेवा लम्साल र अतिथिहरुमा एनआरएनए बेल्जियमका संस्थापक अध्यक्ष रबिन्द्रमान श्रेष्ठ, पुर्व केन्द्रीय महिला संयोजक रजनी प्रधान, एनआरएनए बेल्जियमका पुर्व अध्यक्ष लोक दाहाल, पुर्व अध्यक्ष प्रेम गुरुंग, पुर्व अध्यक्ष गंगाधर गौतम, पुर्व अध्यक्ष चित्र सुवेदी र निबर्तमान अध्यक्ष खड्ग बहादुर केसी लगायतको उपस्थिती रहेको थियो ।

  himalayanvoice.com | ५ भाद्र २०८२, बिहीबार ११:४८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online