ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय उडानको तयारी

काठमाडौँ । उडान शून्य रहेका दुई अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी भएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अस्ट्रेलिया उडान गर्ने तयारी गरेको छ । त्यस्तै भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेज र थाई एयर एसियाले उडान पुनः उडान सुरु गर्न लागेका छन् ।

पोखरा–छेन्दु–अस्ट्रेलिया उडानको प्रयोजनका निम्ति सिचुवान एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले राससलाई बताउनुभयो । उहाँका अनुसार उडान अनुमतिका लागि अनौपचारिक छलफल भएको र आवश्यक प्रक्रिया पूरा गरेर अनुमति दिने तयारी छ । आगामी सेप्टेम्बरदेखि उडान गर्ने कम्पनीको योजना रहेको छ ।

यसअघि सिचुवान एयरलाइन्सले पोखरा विमानस्थलमा केही समय चार्टर उडान गरेको थियो । कम्पनीले नयाँ गन्तव्यका रूपमा अस्ट्रेलियामा नियमित उडान गर्न चाहेको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार पोखरामा हिमालय एयरलाइन्सले मात्रै नियमित उडान गरिरहेको छ ।

त्यस्तै भैरहवा समाचारदाताका अनुसार थाई एयर एसियाले अक्टोबर २६ देखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सातामा दुई उडान गर्ने तयारी गरेको छ भने जजिरा एयरवेजले हिउँदे सिजनदेखि नियमित उडान पुनः सुरु गर्ने योजना सार्वजनिक गरेको छ । यी दुवै एयरलाइन्सले विगतमा भैरहवामा उडान गरेका भए पनि विभिन्न कारणले स्थगित गरेका थिए ।

हाल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै पनि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनमा छैन । नेपाल एयरलाइन्सले काठमाडौँ–मलेसिया–भैरहवा मार्गमा उडान थाले पनि विमान अभावका कारण स्थगित गरेको हो । अहिले भने विभिन्न चार्टर उडान मात्र सञ्चालन भइरहेका छन् ।

उडान सहजीकरणका लागि सरकारले विशेष छुटसमेत उपलब्ध गराएको छ । यो विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा यात्रु सेवा शुल्कमा छुट दिइएको छ भने पार्किङ, ल्यान्डिङ र न्याभिगेसन शुल्कमा पूर्ण छुट छ । साथै नेपाल एयरलाइन्सले दिने ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ७५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

गौतम बुद्ध विमानस्थलबाट जजिरा एयरवेजले यसअघि दुई पटक उडान सुरु गरिसकेको थियो । २०७९ फागुनमा दोस्रो पटक सुरु गरिएको उडान साढे दुई महिना पनि टिक्न सकेन । प्राविधिक कारण देखाउँदै कम्पनीले उडान स्थगित गरेको थियो ।

 

  himalayanvoice.com | १२ भाद्र २०८२, बिहीबार २३:२७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online