ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय उडानको तयारी

काठमाडौँ । उडान शून्य रहेका दुई अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी भएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अस्ट्रेलिया उडान गर्ने तयारी गरेको छ । त्यस्तै भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेज र थाई एयर एसियाले उडान पुनः उडान सुरु गर्न लागेका छन् ।

पोखरा–छेन्दु–अस्ट्रेलिया उडानको प्रयोजनका निम्ति सिचुवान एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले राससलाई बताउनुभयो । उहाँका अनुसार उडान अनुमतिका लागि अनौपचारिक छलफल भएको र आवश्यक प्रक्रिया पूरा गरेर अनुमति दिने तयारी छ । आगामी सेप्टेम्बरदेखि उडान गर्ने कम्पनीको योजना रहेको छ ।

यसअघि सिचुवान एयरलाइन्सले पोखरा विमानस्थलमा केही समय चार्टर उडान गरेको थियो । कम्पनीले नयाँ गन्तव्यका रूपमा अस्ट्रेलियामा नियमित उडान गर्न चाहेको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार पोखरामा हिमालय एयरलाइन्सले मात्रै नियमित उडान गरिरहेको छ ।

त्यस्तै भैरहवा समाचारदाताका अनुसार थाई एयर एसियाले अक्टोबर २६ देखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सातामा दुई उडान गर्ने तयारी गरेको छ भने जजिरा एयरवेजले हिउँदे सिजनदेखि नियमित उडान पुनः सुरु गर्ने योजना सार्वजनिक गरेको छ । यी दुवै एयरलाइन्सले विगतमा भैरहवामा उडान गरेका भए पनि विभिन्न कारणले स्थगित गरेका थिए ।

हाल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै पनि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनमा छैन । नेपाल एयरलाइन्सले काठमाडौँ–मलेसिया–भैरहवा मार्गमा उडान थाले पनि विमान अभावका कारण स्थगित गरेको हो । अहिले भने विभिन्न चार्टर उडान मात्र सञ्चालन भइरहेका छन् ।

उडान सहजीकरणका लागि सरकारले विशेष छुटसमेत उपलब्ध गराएको छ । यो विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा यात्रु सेवा शुल्कमा छुट दिइएको छ भने पार्किङ, ल्यान्डिङ र न्याभिगेसन शुल्कमा पूर्ण छुट छ । साथै नेपाल एयरलाइन्सले दिने ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ७५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

गौतम बुद्ध विमानस्थलबाट जजिरा एयरवेजले यसअघि दुई पटक उडान सुरु गरिसकेको थियो । २०७९ फागुनमा दोस्रो पटक सुरु गरिएको उडान साढे दुई महिना पनि टिक्न सकेन । प्राविधिक कारण देखाउँदै कम्पनीले उडान स्थगित गरेको थियो ।

 

  himalayanvoice.com | १२ भाद्र २०८२, बिहीबार २३:२७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online