ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

नेपालको भूभागमाथि छिमेकीका अप्राकृतिक दाबी संवादद्वारा समाधान गर्नुपर्छः उपसभाति डा. वाग्ले

अटवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का उपसभापति तथा सांसद डा स्वर्णिम वाग्लेले लिम्पियाधुरा, लिपुलेक लगायत काली नदी पूर्वको भूभाग नेपालको रहेको विभिन्न ऐतिहासिक सन्धि सम्झौताले पुष्टि गरेको बताउनुभएको छ ।

झण्डै एक साता लामो क्यानडा भ्रमणका क्रममा राजधानी अटवामा नेप्लिज क्यानडियन एसो सियशन अफ अटवाद्वारा आयोजित एक अन्तरक्रियालाई सम्बोधन गर्दै डा वाग्लेले सन् १८१६ को सुगौली सन्धिमा काली नदीको पूर्वको भूभाग सबै नेपालको हो भनेर स्पष्ट लेखिएको बताउनुभयो ।

“यद्यपि काली नदीको मूल कुन हो भन्नेमा विवाद छ । भारतले सानो खोल्सो काली हो भन्दियो, तर हामी चाहिँ लिम्पियाधुराबाट आएको ठुलो खोलो नै काली नदी हो भनी रहेका छौं । सन् १९६२ मा राजा महेन्द्रको पालामा काली नदीको पूर्व तिर नेपालकै भूभाग, कालापानी, मा भारतीय सैनिक पोष्ट राख्न दिइयो, त्यस बेला हामी चुकेका हौँ,’’ उहाँले भन्नुभयो ।

सांसद वाग्लेले जोरी खोजेर हैन, नक्शाको आधारमा, दस्तावेजको आधारमा संवाद हुनु पर्ने बताउनुभयो । नेपालको भूभागमाथि छिमेकीका अप्राकृतिक दाबी प्रामाणिक संवादद्वारा हल गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “भारत र चीनबीच त्यत्रो सीमा विवाद हुँदा हुदै पनि द्वीपक्षीय व्यापार बढी रहेको छ । भारत र बंगलादेशबीचको सीमा विवाद पनि वार्ता द्वारा नै हल गरिएको छ । त्यसैले नेपालको हित चाहनेहरुले संवाद गरेर अगाडि जानु पर्छ ।’’

एक प्रश्नको जवाफमा संयुक्त राष्ट्र संघ लगायतका निकायमा काम गरिसकेका अर्थशास्त्री वाग्लेले गएको २५–३० वर्षमा नेपालमा विकासका सूचकहरुमा प्रगति भएता पनि अरु मुलुकहरुको दाँजोमा नेपाल पछि पर्दै गएको बताउनुभयो । “१९८० को दशकसम्म भारत, चीन र हाम्रो प्रति व्यक्ति आय २०० डलरको हाराहारीमा थियो। तर अहिले भारतको प्रति व्यक्ति आय दुई हजार सात सय डलर नाघेको छ भने चीनको १३ हजार डलर नाघेको छ, तर हाम्रो भने एक हजार पाँच सय डलर, त हामीले सही आर्थिक नीति लियौं र राजनीतिक स्थायित्व भयो भने आगामी १० वर्षमा हामी पुग्ने भनेको अहिलेको श्री लंकाको स्तर (प्रति व्यक्ति आय चार हजार डलर) मा हो । त्यसैले हाम्रो क्षमता र सम्भावनाका बारेमा हामीले आम जनसमुदायसंग इमान्दारीपूर्वक कुराकानी गर्नु पर्छ,’’ उहाँले भन्नुभयो ।

डा वाग्लेले नेपालजस्तो मुलुकका लागि डायस्पोरा एक प्रमुख स्रोतको रुपमा रहेको पनि बताउनुभयो । “हाम्रो समाजमा शिफ्ट आएको छ, तर चरम निराशा छ । मध्यम वर्गमा आफ्ना आकाङ्क्षा पूरा गर्न विदेश नै जानु पर्छ भन्ने धारणा बन्दै गएको छ । तर यसलाई पलायनको रुपमा नहेरी संसारभरि रहेका नेपालीसँग रहेको सीप, स्रोत र अनुभवलाई नेपालको विकासमा उपयोग गर्नु पर्छ । एनआरएनहरुलाई देशका केही सम्मानित र संवेदनशील पद बाहेक अरु पदमा बसेर काम गर्न पाउने वातावरण बनाउनु पर्छ,’’ उहाँले भन्नुभयो ।

यस अघि सांसद वाग्लेले क्यानडाको क्यालगरीमा आयोजित एसो सियसन अफ नेप्लिज इन अमेरिकाज (एएनए) को अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुभएको थियो । त्यस्तै उहाँले बुधबार फेडरेशन अफ क्यानडा–नेपाल च्याम्बर अफ कमर्शद्वारा मिसिसागामा आयोजित एक अन्तरक्रियामा नेपाल तथा क्यानडाबीच व्यापार, पर्यटन तथा लगानी अभिवृद्धि गर्न जोड दिनुभयो । उक्त अन्तरक्रियामा ग्रेटर टोरन्टो क्षेत्रका क्यानाडाली सांसदहरु काइल सीव्याक, ड्यान मिज तथा अमरजीत गिल पनि सहभागी हुनुहुन्थ्यो । डा वाग्ले अटवामा तनहुँ समाज क्यानडाका सदस्य तथा पदाधिकारीहरुलाई भेट्नुका साथै अन्य संघसंस्थाका कार्यक्रममा पनि सहभागी हुनु भएको थियो ।

  himalayanvoice.com | १२ भाद्र २०८२, बिहीबार २३:२९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online